Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
ईशानेश्वर महादेव मन्दिरमा पाँच हजार बढीले दर्शन गरे एक लाख सतसठ्ठी हजार दान संकलन। – Sarangi News

करापुटार (लमजुङ),मध्यनेपाल नगरपालिका वडा नं ७ करापुटारमा अवस्थित ईशानेश्वर महादेव अर्थात सन्तानेश्वर महादेव मन्दिरमा आज सोमबार पाँच हजार बढी श्रद्दालु भक्तजनहरुले दर्शन गरे १ लाख ६७ हजार दान संकलन भएको छ।

दोस्रो पशुपतीको रुपमा मानिने श्री ईशानेश्वर महादेव मन्दिरमा विशेष गरेर महाशिवरात्रीमा ठूलो पर्वको रुपमा मानिने गरिन्छ। भारत बङलादेश लगायतका श्रद्दालु भक्तजनहरु लगायत योगीहरुको बाक्लो उपस्थिती रहने गर्दछ। शिवरात्री आफैमा एक धार्मिक उत्सव छदैछ भने साउन महिनाको सोमबारहरु पनि उत्तिकै मानिने गर्दछ तसर्थ श्रद्दालु भक्तजनहरुको उत्तिकै उपस्थिती रहने गर्दछ। महाशिवरात्रीको अवसरमा जस्तो तयारी गरिन्छ उस्तै तयारी ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले तयारी गरेका थिए।

ईशानेश्वर महादेव क्षेत्र बिकास समितिका अनुसार साउन महिना भरको लागि र विशेष सोमबारका लागी पुजा आरधना मन्दिरमा श्रद्दालु भक्तजनहरुको लागि कुनै पनि समस्या नहोस भनेर विशेष ध्यान पुर्वक हरेक चाजोपाजो र ब्यवस्थापन गरिएको अध्यक्ष गुणराज घिमिरे बताउनु हुन्छ।

त्यस्तै गरेर भक्तजनहरुले साउन महिना भरिका हरेक सोमबारका दिनहरुमा प्रसाद बितरण गर्ने खर्च ब्यवस्थापन गर्ने प्रतिवद्दता सहित आएका समेत अध्यक्ष घिमिरे बताउनुहुन्छ। आजको सोमबारको लागि भक्तजनहरुलाई प्रसाद बितरणका लागि काठमाण्डौ स्थायी घर भई हाल अमेरिका नर्थ कोलोरोना बस्ने रुपा फुँयाल शर्माबाट रु १००००/- रुपैया र चितवन भरतपुर स्थायी घर भएका एटलान्ट जर्जिया बस्ने सीता अधिकारीबाट रु १३५००/- रुपैया सहयोग भएको समेत जानकारी गराउनु भएको थियो भने त्यस्तै साउनको दोस्रो सोमबारका लागि मध्यनेपाल नगरपालिका वडा नं ६ बस्ने राजु पौडेलले प्रसाद खर्च ब्यवस्थापन गर्ने भन्नु  भएको समेत बताउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP