Trend
थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||  
शनिबार , साउन २३, २०८३
ईशानेश्वर महादेव मन्दिरमा पाँच हजार बढीले दर्शन गरे एक लाख सतसठ्ठी हजार दान संकलन। – Sarangi News

करापुटार (लमजुङ),मध्यनेपाल नगरपालिका वडा नं ७ करापुटारमा अवस्थित ईशानेश्वर महादेव अर्थात सन्तानेश्वर महादेव मन्दिरमा आज सोमबार पाँच हजार बढी श्रद्दालु भक्तजनहरुले दर्शन गरे १ लाख ६७ हजार दान संकलन भएको छ।

दोस्रो पशुपतीको रुपमा मानिने श्री ईशानेश्वर महादेव मन्दिरमा विशेष गरेर महाशिवरात्रीमा ठूलो पर्वको रुपमा मानिने गरिन्छ। भारत बङलादेश लगायतका श्रद्दालु भक्तजनहरु लगायत योगीहरुको बाक्लो उपस्थिती रहने गर्दछ। शिवरात्री आफैमा एक धार्मिक उत्सव छदैछ भने साउन महिनाको सोमबारहरु पनि उत्तिकै मानिने गर्दछ तसर्थ श्रद्दालु भक्तजनहरुको उत्तिकै उपस्थिती रहने गर्दछ। महाशिवरात्रीको अवसरमा जस्तो तयारी गरिन्छ उस्तै तयारी ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले तयारी गरेका थिए।

ईशानेश्वर महादेव क्षेत्र बिकास समितिका अनुसार साउन महिना भरको लागि र विशेष सोमबारका लागी पुजा आरधना मन्दिरमा श्रद्दालु भक्तजनहरुको लागि कुनै पनि समस्या नहोस भनेर विशेष ध्यान पुर्वक हरेक चाजोपाजो र ब्यवस्थापन गरिएको अध्यक्ष गुणराज घिमिरे बताउनु हुन्छ।

त्यस्तै गरेर भक्तजनहरुले साउन महिना भरिका हरेक सोमबारका दिनहरुमा प्रसाद बितरण गर्ने खर्च ब्यवस्थापन गर्ने प्रतिवद्दता सहित आएका समेत अध्यक्ष घिमिरे बताउनुहुन्छ। आजको सोमबारको लागि भक्तजनहरुलाई प्रसाद बितरणका लागि काठमाण्डौ स्थायी घर भई हाल अमेरिका नर्थ कोलोरोना बस्ने रुपा फुँयाल शर्माबाट रु १००००/- रुपैया र चितवन भरतपुर स्थायी घर भएका एटलान्ट जर्जिया बस्ने सीता अधिकारीबाट रु १३५००/- रुपैया सहयोग भएको समेत जानकारी गराउनु भएको थियो भने त्यस्तै साउनको दोस्रो सोमबारका लागि मध्यनेपाल नगरपालिका वडा नं ६ बस्ने राजु पौडेलले प्रसाद खर्च ब्यवस्थापन गर्ने भन्नु  भएको समेत बताउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP