Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
जटेश्वर अर्थात बुढा महादेव मन्दिरमा बाजागाजाका साथ सामुहिक पुजा आराधना। – Sarangi News

रुपा(कास्की), बुढा महादेव अर्थात जटेश्वर महादेव मन्दिरमा आज बाजागाजका साथ सामुहिक अर्थात समिक्षे पुजा आराधना भएको छ। ईशानेश्वर महादेव मन्दिर नजिकै रहेको रुपा गाउपालिका वडा नं १ कुनाको मुखमा अवस्थित यो मन्दिरमा साविक फल्याङकोट गाबिसका गाउलेहरुले बार्षिक रुपमा सामुहिक पुजा आरधाना गर्ने गर्दछ।

विशेष गरेर जेष्ठ महिनाको अन्तिममा तिथि मिति पारेर गरिने पुजा आराधना अर्थात जलधारा यस बर्ष ढिलो भएको र जुन दिन यस मन्दिरमा सामुहिक पुजा आराधना गरिन्छ सो दिन ठूलो वर्षा हुने किम्बदन्ती रहेको यस महदेव क्षेत्र बिकास समितिका अध्यक्ष शिव बहादुर गोदार बताउनु हुन्छ।

स्थानिय, प्रदेश र संघ सरकारको बजेटबाट यस मन्दिरको अस्तित्व बचाई राख्न सकेको र ईशानेश्वर महादेव मन्दिर नजिकै भएका कारण र आवात जावतको पायक नपरेको हुनाले पनि श्रद्दालु भक्तजनहरु यस महादेव मदिरमा प्रत्यक्ष सम्पर्कमा जोडिन नसकेको सचिब बद्रीराज खनाल बताउनु हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP