Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
जटेश्वर अर्थात बुढा महादेव मन्दिरमा बाजागाजाका साथ सामुहिक पुजा आराधना। – Sarangi News

रुपा(कास्की), बुढा महादेव अर्थात जटेश्वर महादेव मन्दिरमा आज बाजागाजका साथ सामुहिक अर्थात समिक्षे पुजा आराधना भएको छ। ईशानेश्वर महादेव मन्दिर नजिकै रहेको रुपा गाउपालिका वडा नं १ कुनाको मुखमा अवस्थित यो मन्दिरमा साविक फल्याङकोट गाबिसका गाउलेहरुले बार्षिक रुपमा सामुहिक पुजा आरधाना गर्ने गर्दछ।

विशेष गरेर जेष्ठ महिनाको अन्तिममा तिथि मिति पारेर गरिने पुजा आराधना अर्थात जलधारा यस बर्ष ढिलो भएको र जुन दिन यस मन्दिरमा सामुहिक पुजा आराधना गरिन्छ सो दिन ठूलो वर्षा हुने किम्बदन्ती रहेको यस महदेव क्षेत्र बिकास समितिका अध्यक्ष शिव बहादुर गोदार बताउनु हुन्छ।

स्थानिय, प्रदेश र संघ सरकारको बजेटबाट यस मन्दिरको अस्तित्व बचाई राख्न सकेको र ईशानेश्वर महादेव मन्दिर नजिकै भएका कारण र आवात जावतको पायक नपरेको हुनाले पनि श्रद्दालु भक्तजनहरु यस महादेव मदिरमा प्रत्यक्ष सम्पर्कमा जोडिन नसकेको सचिब बद्रीराज खनाल बताउनु हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP