संरक्षणको पर्खाईमा ऐतिहासिक “ढुङ्गा” – Sarangi News

मध्यनेपाल(लमजुङ्ग), ९ साउन, मध्यनेपाल नगरपालिका वडा नम्बर ७ करापुटार स्थित श्री ईशानेश्वर महादेव मन्दिरबाट ५०० मिटर दुरीमा रहेको मादी नदीको किनारमा रहेको ठुलो ढुङ्गाको आफ्नै पौराणिक तथा ऐतिहासिक कथा रहेको छ ।  जसलाई सात दिने सुत्केरीले गाडेको ढुङ्गो भनेर भन्ने किम्वदन्ती पाइन्छ ।

बिक्रम संवत १८२९(शाके १६९४) मा लगभग गाडिको भाग देखि १० देखि १२ फिट रहेको २५३ बर्ष अगाडी राजा विरनारयणको पत्नीहरू शालधरा,सकलान र कुमारी यी तिन  शिव पार्वतीका भक्तहरुले श्री इशानेश्वर महादेवको नाममा शिवरात्री र फकिर, जोगी, साधु सन्तहरुका निम्ति सात बिस अर्थात एक सय चालिस मुरी खेतको गुठि र अन्न संकल्प गरी गुठि र अन्न दान गरिएको अभिलेख यस ठुलो ढुङ्गामा लेखिएको छ ।  अहिले सो गुठीको जग्गा मोहिहरुको नाममा दर्ता भै सकेको छ।

सो ठुलो ढुङ्गामा लेखिएको भाषा यस प्रकारको रहेको छ।  ” श्री शाके सोह्रसय चौरानब्बे सहकाल गणिके लेखे श्री विरनारायण, शालाधरा, सकलान, कुमारी इ तीन प्रभुजिके धर्म कर्म परब्रम्ह ज्ञानिके सात बीस अन्न संकल्प कालु मौखिके अतित पथि फुकुरा खलो सदवार्तातुही लिखे वीरनारायण साध्वा पत्नी शालधरा सकलान कुमारी तु तृतीया धर्म परायणा तेषामेत द्वान्न एवं दम्पतिना कुमारी क्षितिस्वारा रक्षतु प्रिताये भुयाद भवानी विश्वनाथायो शाके १६९४ । ” यसलाई पढ्नका लागी घोटेर सफा गरेर मात्र पढ्न सकिने महादेव मन्दिरका पुर्व अध्यक्ष एवं शिक्षक राम चन्द्र घिमिरे “शास्त्री” बताउनु हुन्छ।  साथै यस बारेमा श्री ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले निकालेको स्मारिकामा समेत उल्लेख गरेको पाईन्छ।

त्यस्तै हाल ईशानेश्वर महादेव क्षेत्र विकास समितिले यो महादेव मन्दिरसंग जोडिएको हुनाले क्षेत्र बिकास समितिले यसलाई श्रद्दालु भक्तजनहरुलाई अभिलेखको जानाकारी गराउदै यसलाई पर्यटकिय स्थान बनाउदै र यस ढुङ्गालाई संरक्षण गर्ने तयारी रहेको ईशानेश्वर महादेव क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरे बताउनु हुन्छ। साथै सोहि वडाका वडा अध्यक्ष हिरा बहादुर गुरुङ्ग र नगर प्रमुख रमेश कुमार पाण्डेले अवलोकन गरी यसलाई संरक्षण र जगेर्ना, अति जरुरि रहेको बताउदै छिट्टै बजेट बिनियोजन गरेर भक्तजन तथा पर्यटकलाई  सहजिकरणका निम्ति बाटो निर्माण गरि सो ढुङ्गामा लेखियो अभिलेख सबैले देख्न पढ्न सकिने वातावारण बनाउने प्रतिवद्दता जाहेर गरेको समेत क्षेत्र बिकास समितिका अध्यक्ष घिमिरेले बताउनु हुन्छ।

स्रोत:-रासस

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २०, २०८२ शुक्रबार 162 Views

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

  मंग्सिर १७, २०८२ मंगलबार 63 Views

डा. अमर गिरीका दुई कृति एकैसाथ सार्वजनिक

  मंग्सिर १०, २०८२ मंगलबार 186 Views

कास्की आइडलमा टपटेन छनोट

  मंग्सिर ४, २०८२ बुधबार 83 Views

इनासमा ऋषि लामिछाने

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP