लघुकथा प्रतिष्ठानको हीरक शृङ्खला सम्पन्न, पुरस्कार स्थापनाका लागि अभियान सञ्चालन – Sarangi News

पोखरा । लघुकथा प्रतिष्ठान, पोखराको मासिक लघुकथा वाचनको हीरक शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष विष्णु अल्पविरामले आख्यान क्षेत्रको नियमित कार्यक्रम गर्ने संस्था पोखरामा नभएको अवस्थामा लघुकथा प्रतिष्ठानको स्थापना गरिएको स्मरण गरे । उनले लघुकथाको व्यापकतामा प्रतिष्ठानले महत्त्वपूर्ण योगदान गरेको दाबी गर्दै नयाँ पुस्तामा लघुकथाको स्वाद पुर्‍याउन थप मिहिनेत गर्नुपर्ने धारणा राखे ।

सचिव अमृत क्षेत्रीको सञ्चालन र उपाध्यक्ष कल्याण पन्तको स्वागतमा भएको कार्यक्रममा र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी, साहित्य शृङ्खलाकी अध्यक्ष लक्ष्मी थापा, साहित्यकार सरस्वती श्रेष्ठ ‘सरू’, गीता तिवारी, ढाकामोहन बराल, कल्याण पन्त, विकास लुङ्गेली, जमुना कायस्थ, विष्णुप्रसाद बास्तोला, लीला पण्डित, लक्ष्मी देवकोटालगायतले लघुकथा वाचन गरेका थिए ।

यसै बिच, लघुकथा प्रतिष्ठानले लघुकथा पुरस्कारको अक्षयकोष स्थापनाका लागि अभियान सुरु गरेको छ । संस्थाका लागि उद्योगपति रामप्रसाद बतासद्वारा प्रदान गरिएको १ लाख रुपियाँमा प्रतिष्ठानका सदस्य र सहयोगीहरूबाट रकम सङ्कलन गरी अभियान अघि बढाइएको अध्यक्ष लक्ष्मण थापाले जानकारी दिए । शनिवार सम्पन्न बैठकमा पुरस्कारसम्बन्धी विनियम मस्यौदा लेखन उपसमितिका सदस्य रुपिन्द्र प्रभावीले विनियम प्रस्तुत गरेका थिए । सो विनियममाथि छलफल गरी सदस्यहरूले दिएका सुझावलाई मध्यनजर गरी अन्तिमीकरण गर्ने निर्णय भएको सचिव अमृत क्षेत्रीले जानकारी दिए ।

अभियानमा सहयोग गर्न चाहनेले लघुकथा प्रतिष्ठानका पदाधिकारीलाई सम्पर्क गर्न कोषाध्यक्ष गीता तिवारीले आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भोर्लेटारको हरितालिका तिज फूटबल उपाधी बौद्द शान्ती क्लब पोखराको पोल्टामा।

प्रथम ९ ए साईड फूटबल प्रतियोगिता फाईनल भोलि, ग्रीन भ्याली क्लब र बौद्द शान्ति क्लब रामघाट बीच भिडन्त।

आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने

रेडक्रसको वक्‍तृत्वकलामा ओख्लेडाँडाका बराल प्रथम


TOP