Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
लघुकथा प्रतिष्ठानको हीरक शृङ्खला सम्पन्न, पुरस्कार स्थापनाका लागि अभियान सञ्चालन – Sarangi News

पोखरा । लघुकथा प्रतिष्ठान, पोखराको मासिक लघुकथा वाचनको हीरक शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष विष्णु अल्पविरामले आख्यान क्षेत्रको नियमित कार्यक्रम गर्ने संस्था पोखरामा नभएको अवस्थामा लघुकथा प्रतिष्ठानको स्थापना गरिएको स्मरण गरे । उनले लघुकथाको व्यापकतामा प्रतिष्ठानले महत्त्वपूर्ण योगदान गरेको दाबी गर्दै नयाँ पुस्तामा लघुकथाको स्वाद पुर्‍याउन थप मिहिनेत गर्नुपर्ने धारणा राखे ।

सचिव अमृत क्षेत्रीको सञ्चालन र उपाध्यक्ष कल्याण पन्तको स्वागतमा भएको कार्यक्रममा र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी, साहित्य शृङ्खलाकी अध्यक्ष लक्ष्मी थापा, साहित्यकार सरस्वती श्रेष्ठ ‘सरू’, गीता तिवारी, ढाकामोहन बराल, कल्याण पन्त, विकास लुङ्गेली, जमुना कायस्थ, विष्णुप्रसाद बास्तोला, लीला पण्डित, लक्ष्मी देवकोटालगायतले लघुकथा वाचन गरेका थिए ।

यसै बिच, लघुकथा प्रतिष्ठानले लघुकथा पुरस्कारको अक्षयकोष स्थापनाका लागि अभियान सुरु गरेको छ । संस्थाका लागि उद्योगपति रामप्रसाद बतासद्वारा प्रदान गरिएको १ लाख रुपियाँमा प्रतिष्ठानका सदस्य र सहयोगीहरूबाट रकम सङ्कलन गरी अभियान अघि बढाइएको अध्यक्ष लक्ष्मण थापाले जानकारी दिए । शनिवार सम्पन्न बैठकमा पुरस्कारसम्बन्धी विनियम मस्यौदा लेखन उपसमितिका सदस्य रुपिन्द्र प्रभावीले विनियम प्रस्तुत गरेका थिए । सो विनियममाथि छलफल गरी सदस्यहरूले दिएका सुझावलाई मध्यनजर गरी अन्तिमीकरण गर्ने निर्णय भएको सचिव अमृत क्षेत्रीले जानकारी दिए ।

अभियानमा सहयोग गर्न चाहनेले लघुकथा प्रतिष्ठानका पदाधिकारीलाई सम्पर्क गर्न कोषाध्यक्ष गीता तिवारीले आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP