
जिताकोट(लमजुङ): १० साउन: मध्यनेपाल नेपाल नगरपालिकाको साउन २ गते देखि सन्चालित ४२ औं बिष्णु बहादुर एण्ड मन्जा बहादुर राष्ट्रब्यापी सेवेन ए साईड खुला रनिङ्ग शिल्ड फूटबल प्रतियोगितामा करापुटार क्लब रामबजारले बाङ्ग्रे एफ सिलाई ०१ को बिरुद्द ०३ गोलले पराजित गर्दै रनिङ शिल्ड उठाको हो। गोल्डेन फ्युचर युवा क्लबद्वारा आयोजित खेलमा ४० टिमको सहभगिता रहेको थियो भने वडा नं एक का वडा अध्यक्ष सुदिप थापाले समापन समारोहको प्रमुख आतिथ्य गर्नु भएको थियो भने क्लबका अध्यक्ष राम कृष्ण भुजेलले सभापतित्व गर्नु भएको थियो।
लमजुङ तनहँ गोर्खा कास्की चितवन लगायत रुपन्देहि समेतको टिमहरुको सहभागिता रहेको पुल सिस्टमको खेल सेमिफाईनलमा क्रीयटिव युवा क्लव डडुवा र करापुटार क्लब रामबजार पुगेका थियो जसमा करापुटार क्लब रामबजारले क्रीयटिव युवा क्लबलाई शुन्यका बिरुद्द ०४ गोलले पराजित गर्दै करापुटार क्लब फाईनलमा प्रवेश गरेको थियो। त्यस्तै अर्को सेमिफाईनलमा बाङ्रे एफ सि र खमारी बोट बिच भएको थियो। गत बर्ष उपबिजेता बन्न सफल खमारी बोटलाई बाङ्रे एफ सिले पेनाल्टीमा ०२ गोलका बिरुद्द ०३ गोलले पराजित गर्दै फाईनलमा जाने बाटो बन्द फाईनलमा प्रवेश गरेकोथियो।

बिजेता टिम करापुटार क्लब रामबजारलाई प्रथम पुरस्कार १ लाख ५५ हजार ५ सय ५५ रुपैया सहित १०० तोला बराबरको चाँदीको ट्रफी, मेडल, प्रमाण पत्र प्रदान थियो त्यस्तै उपबिजेता बाङ्रे एफ सि टिमलाई ८५ हजार ५ सय ८५ रुपैयाँ ट्रफी,मेडल र प्रमाण पत्रहरु प्रदान गरिएको थियो। करापुटार क्लबका गोलकिपर सुरज नेपाली पन्जा ट्राफी मेडल र प्रमाण पत्र, करापुटारकै सन्दिप तामाङले बेस्ट प्लेयरलाई ट्रफी मेडल र प्रमाण पत्र हात पार्न सफल भएको थियो। सर्वाधिक गोलकर्ता खमारी बोटका बिक्की चामलिङ राई गोल्डेन बुट ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो। त्यस्तै गरेर सेमिफाईनलमा पराजित खमारी बोटलाई बेस्ट टिमको रुपमा रु १० हजार र प्रमाण पत्र प्रदान गरिएको थियो। त्यस्तै सान्त्वनामा क्रीयटीव युवा क्लब डडुवालाई रु ५ हजार र प्रमाण पत्र प्रदान गरिएकोथियो।
त्यस्तै गरेर गोल्डेन फ्युचर युवा क्लबले करापुटार क्लब रामबजारका खेलाडी कन्या सुब्बा गुरुङलाई फूटबल जगतमा पुर्याएको योगदानको उच्च मुल्याँकन गर्दै दोसल्ला ओढाएर सम्मान गरेको थियो।
प्रमुख अतिथि थापले बिजेता उपबिजेता एवम खेलाडिहरुलाई नगद ट्रगी मेडल र प्रमाण पत्र बितरण गर्दै सबैलाई बधाई तथा शुभकामाना दिदै खेल सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै यस खेल मैदानको लागि नगरपालिकाले रु ७ लाख बजेट बिनियोजन गरेको कुरा राख्दै क्लब परिवारलाई साउने सक्रान्ती मेला भव्य र सभ्य रुपमा सन्चालन गर्न सकेको बधाई ज्ञापन दिदै आफ्नो मन्तव्य टुङ्याउनु भएको थियो।
अन्त्यमा कार्यक्रमका सभापती भुजेलले साउने सक्रान्ती मेला भव्य र सभ्य बनाउन आ आफ्ना तह र तप्काबाट अहोरात्र खटिनु भएको सबैलाई विशेष धन्यवाद दिनु हुदै खुशी व्यक्त गर्नु भएको थियो। साथै आगामी २०८३को साउने सक्रान्ती मेला अझै थप आकर्षित र मनोरन्जनात्मक बनाउदै कमि कमजोरीहरु सुधारेर गर्ने गराउने प्रतिवद्दता सहित कार्यक्रमको समापन गर्नु भएको थियो।