Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो। – Sarangi News

करापुटार(लमजुङ), मध्यनेपाल नगरपालिका करापुटारको ईशानेश्वर महादेव मन्दिरमा आज साउन महिनाको दोस्रो सोमबार लामो समय पछिको झरिले भक्तजनहरुलाई छेकेन छाता ओढेर भएपनि दर्शन गरे। आज २ लाख ४ हजार ७ सय ८६ रुपैया दान संकलन भएको थियो भने ८ हजार भन्दा बढि भक्तजनहरुले दर्शन गरे।

साउनको पहिलो सोमबारको भन्दा धेरै भक्तजनहरुको उपस्थिति रहेको हुनाले मन्दिरको पश्चिम पट्टिको ढोका समेत खोल्न परेको थियो। एक प्रकारले आज शिवरात्रीको सम्झना गराएको थियो भने बिशेष गरेर साउन माहिनाको सोमबारमा श्रद्दालु भक्तजनहरुको दर्शन गर्न गोर्खा तनहु कास्की चितवन र स्याङ्जा सम्मका भक्तजनहरु उपस्थिति रहेको पाईन्छ। आजको झरिमा भक्तजनहरुले न झरी न बादल न हिलो मैलो बाटो घण्टौ घण्टा झरिमा छाता ओढेर आफ्नो पालोमा शिवको दर्शन गर्न लागेका थिए ।

त्यस्तै गरेर गत सोमबारको जस्तै गरेर प्रसाद बितरण, निशुल्क चियापान बितरण गरिएको थियो । पन्चबुद्द तमु समाजले निशुल्क चियापान गराएको थियो भने मध्यनेपाल नगरपालिका वडा नम्बर ६ का समाज सेवी राजेन्द्र पौडेल “राजु”ले रु ४२ हजार बराबरको बितरण गर्नु भएको थियो। त्यस्तै गररे आगामी तेस्रो सोमबारको लागी प्रसाद बितरणको जिम्मा अर्थात खर्च बेहोर्ने यसै इशानेश्वर महादेव क्शेत्र बिकास समितिका सदस्य कृष्ण मुरारी घिमिरेले जिम्मा लिनु भएको ईशानेश्वर महादेव क्षेत्र बिकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताउनु भएको थियो।

त्यस्तै गरेर ईशानेश्वर बालुन समुहको भजन रहेको थियो भने पन्च बुद्द तमु समाज र अन्यको साथमा चुड्का रहेको थियो जसले गर्दा भक्तजनहरु शिवका ग़ुण गाथाहरु भजन र चुडका मार्फत प्रस्तुत गरि रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP