Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर। – Sarangi News

मध्यनेपाल (लमजुङ्ग): मध्यनेपाल नगरपालिका वडा नं ५ पराजुली बेशी बस्ने स्थनिय शोभा राना मगरले अचार व्यवसायबाट लाभान्वित भएकी छिन। अचार बनाउने तालिम सामुदायिक केन्द्र दुप्पिप्लेमा गएर तालिम लिएर तालिमको सदुपयोग गरेकी रानाले अहिले दैनीक रुपमा देश तथा बिदेश गरेर ७ देखि ८ हजार सम्म बिक्री बितरण गर्ने बताउनुहुन्छ।

सिलाई बुनाईको काममा समेत निरन्तरता दिई रहेका र दक्ष रानाले सिजनका फलहरु विशेष गरेर अकबरे खुर्सनी, कटहर, बयर, च्याउ, आँप, लप्सी लगायतका अन्य सहित माछा मासुका अचारहरु प्रसोधन गरेर घरैमा बनाउदै आएकोछ।

एक छोरा र जुल्याहा दुई छोरी श्रीमान बैदेशिक रोजगारीमा रहेका मेहनती एवम महिला उध्यमी रानाले भन्छिन समयको सदुपयोग गर्दै हामिले केही गर्न चाह्यै भने के हुदैन र ? भन्छिन। हामी नेपालीमा स्वदेशमा बसेर मेहनत र परिश्रम गर्ने परिपाटी बनेन पढ्यो १२ पास गर्यो सबै युबा देखि सबैका सबै बिदेश हानिन्छौ तर यो होइन हामी युवाहरु नेपालीहरुले उध्यमशिलतामा ध्यान दिन अतिनै जरुरी रहेको बताउनु हुन्छ।

श्रीमानको कमाईलाई बचत गर्ने गरि साथै श्रीमानको मात्र निर्भर नरही उध्यामी रानाले टिकटक तथा सामाजिक संजाल मार्फत सम्पर्कमा आएर अचार किन्ने ग्राहक दिनानुदिन बढ्दै गएको बताउनुहुन्छ। साथै अब छिट्टै नै अनलाईन सपिङ्गमा अचार व्यावसायलाई जोड्ने कुरो साराङ्गी न्युजलाई बताउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP