Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
लायन्स क्लब अफ पोखरा भैरवद्वारा आर्वाविजय मा. वि. लाई आर्थिक सहयोग – Sarangi News

पोखरा, साउन २१ गते । लायन्स क्लब अफ पोखरा भैरवले पोखरा–१३, ढाँडबेँसीस्थित आर्वाविजय मा. वि. लाई बुधवार एक कार्यक्रमका बिच आर्थिक सहयोग गरेको छ ।
क्लबका अध्यक्ष रमेशकुमार बाटाजु र पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्रमान बिजुक्छेले संयुक्त रूपमा ४० हजार १५५ रुपियाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बराल र प्रधानाध्यापक पद्मादेवी बराललाई हस्तान्तरण गरे । प्राप्त रकम विद्यार्थीहरूलाई विद्युतीय तालिम प्रदान गर्न खर्च गरिने योजना बनाइएको विद्यालयका शिक्षक बाबुराम सुवेदीले जानकारी दिए ।
प्रमुख अतिथि बिजुक्छेले विद्यार्थीहरूलाई सिपमूलक तालिमका माध्यमबाट स्वरोजगार बन्‍न कार्यक्रमले सहयोग पु¥याउने विश्‍वास व्यक्‍त गर्दै विद्यालय जस्तो पवित्र संस्थामा आएर सहयोग गर्न पाउँदा आफूलाई ज्यादै खुसी लागेको बताए । वि.व्य.स. अध्यक्ष बरालले संस्थाले गरेको अमूल्य सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाबाट निरन्तर सहयोगको अपेक्षा राखे । कार्यक्रममा पूर्व अध्यक्ष समरबहादुर श्रेष्ठ र श्रीकृष्ण कतिलाले शुभकामना दिएका थिए । संस्थाका अध्यक्ष रमेशकुमार बाटाजुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विनोद द्वाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP