Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
आइतबार , बैसाख ६, २०८३
पोखरामा पठन संस्कृतिसम्बन्धी विद्यार्थी सम्मेलन – Sarangi News

पोखरा, साउन २५ गते । कास्की, स्याङ्जा, गुल्मी, काठमाडौँ र अमेरिकामा अध्ययन गर्ने नेपाली मूलका विद्यार्थी, शिक्षक र प्रधानाध्यापकको सहभागितामा “Fostering Students Agency Through Literacy Initiatives” शीर्षकमा ३ दिने सम्मेलन पोखरामा सम्पन्‍न भएको छ । सम्मेलनमा नेपालका ५ सामुदायिक र संस्थागत विद्यालयहरूका विद्यार्थीहरू सहभागी थिए ।

तीन वर्षअघि “पढ्ने बानी” नामक अभियानलाई माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालयका विद्यार्थीहरूले नेपाली मूलका अमेरिकाको न्युयोर्कमा बस्ने अम्बर शर्मा र आभा शर्मासँग मासिक रूपमा भेटघाट कार्यक्रम सुरु गरेका थिए ।

सिद्धबाबा मा.वि. रेसुङ्गा, गुल्मीका विद्यार्थी विशाल वि.क. र कास्कीको माछापुच्छ्रे गाउँपालिकाको माछापुच्छ्रे मा.वि.का सिजल वि.क. भौगोलिक दूरीले टाढा भए पनि इन्टरनेटको दुनियाँमा भेटिन्थे । जुम एपमार्फत उनीहरू भेटेर एकअर्काका अनुभव साटासाट गर्थे । उनीहरूको अनुभव किताब पढाइबारे हुन्थ्यो । त्यो पनि कक्षाकोठामा पढिने किताबभन्दा पनि बाहिरका किताब ।

स्याङ्जा मिर्मीको मिर्मी आधारभूत विद्यालयकी पुष्पा चापागाईं पनि त्यसरी नै टाढा टाढाका आफू जस्तै विद्यार्थीसँग जुममा भेटिएर गफिनेमध्ये अर्की विद्यार्थी हुन् । माछापुच्छ्रे मा.वि.का प्रतीक आचार्य, प्रवेश पौडेल, आरती सुनार, आरती गुरुङ, स्वस्तिका आचार्य, सिम्रन वि.क., आँचल परियार काठमाडौँको प्रज्ञाकुञ्‍ज विद्यालयका साथीहरूसँग पढाइका अनुभव साटासाट गरिरहन्थे । शिक्षकहरूको समूहले पढ्ने सामग्री चयन गर्दथ्यो । प्रत्येक महिनाका लागि र हरेक विद्यालयका “बुक क्लब” का विद्यार्थीहरूले पढ्ने, गुगल क्लासरुममा त्यसको सारांश लेख्ने र प्रत्येक अङ्ग्रेजी महिनाको अन्तिम शनिवार बिहान ७ बजे जुममा छलफल गर्थे ।

उनीहरू जस्तै जुममा भेट भइरहने विद्यार्थीहरू शुक्रबारदेखि आइतबारसम्म पोखरामा प्रत्यक्ष भेटघाटमा जुटे । काठमाडौँ मोडल सेकेन्डरी स्कुलदेखि पोखरा, स्याङ्जा र गुल्मीसम्मका विद्यार्थीलाई माछापुच्छ्रे मा.वि. कास्कीले भेटघाटको अवसर जुराएको हो । यी तीन दिनमा उनीहरूले पढाइका अनुभव साटे । शिक्षकहरू पनि सामेल भएर विद्यार्थीलाई पठन संस्कृति विकास र अन्तर्निहित प्रतिभा प्रस्फुटनका बारेमा छलफल गरे । विद्यार्थीहरूले अनुभवहरू पोस्टर प्रदर्शनबाट गरे । सामूहिक छलफलबाट पनि मनका कुरा बाँडे ।

माछापुच्छ्रे मा.वि.का प्रधानाध्यापक सन्तोष आचार्यका अनुसार पढेका कुरा कसरी सम्झने, त्यसलाई व्यवहारसँग कसरी जोड्ने भन्ने बारे विद्यार्थीहरूबिच छलफल गराइएको थियो । ३ दिने कार्यक्रममा प्र.अ. आचार्यदेखि अमेरिकाबाट आएका प्राध्यापक श्याम शर्मा, त्रिभुवन विश्‍वविद्यालयबाट अवकाशप्राप्‍त प्रा.डा. रमेश भट्टराई, प्रज्ञाकुञ्‍ज स्कुल, काठमाडौँकी सुनीता पौडेललगायतले पनि सहजीकरण र छलफल गरे ।

प्राध्यापक शर्माले विद्यार्थीहरूलाई अङ्क धेरै ल्याउनेभन्दा पनि समग्र व्यक्तित्व विकासमा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए । विद्यार्थीहरूलाई पोखराका विभिन्न ठाउँको स्थलगत भ्रमणमा पनि सहभागी गराइएको थियो । कार्यक्रममा ६ देखि १० कक्षासम्मका विद्यार्थी सहभागी थिए । प्रविधिको पछिल्लो पुस्ता एआई अर्थात् कृत्रिम बौद्धिकताबारे पनि विद्यार्थीहरूले ज्ञान बटुलेका थिए । कार्यक्रमलाई प्रज्ञाकुञ्ज स्कुल काठमाडौँ र टिच नेपालले सहयोग गरेका थिए ।

तीन वर्षपछि स्थलगत कार्यक्रमको बिट मार्न माछापुच्छ्रे माविका प्रतीक आचार्य, काठमाडौँ प्रज्ञाकुञ्‍जकी रियाना बोगटी र न्युयोर्कका अम्बर शर्माले आफ्ना अनुभव र भविष्यमा गर्न सकिने प्रयासबारे विचार राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP