Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
साउनको अन्तिम सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको घुईचो, दान २ लाख ३२ हजार ३ सय २४ उठ्यो। – Sarangi News

करापुटार(लमजुङ), श्रावण महिनाकोआन्तिम सोमबार आज ईशानेश्वर महादेव मन्दिरमा श्रद्दालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो भने श्रद्दालु भक्तजहरुबाट २ लाख ३२ हजार ३ सय २४ रुपैया दान सन्कलन भएको थियो। झम झम बर्षा भै रहेको थियो भने भक्तजहरुकोउपस्थिति रोकिएको थिएन।

झरि परेको भएता पनि दोस्रो पशुपतिको रुप मानिने ईशानेश्वर महादेव मन्दिरमा श्रद्दालु भक्तजनहरु रुझ्दै भिज्दै अथवा छाता ओढेर भए पनि लामबद्द भएर आफ्नो पालो पर्खाईमा देखिन्थ्यो। पुजा आराधाना गरेर शिवको भजन कृतन गाउदै नाच्न रमाउन तल्लिन देखिन्थे। भने श्रद्दालु भक्तजनहरुको यो खालको उपस्थितिले गर्दा आगमी बर्षहरुमा साउन महिनाको सोमबारको लागी थप ब्यवस्थित र फराकिलो ढङ्गले सन्चालन गर्न पर्छकि भन्दै समितिमा छलफल गरेर अगाडी बढ्ने ईशानेश्वर महादेव क्षेत्र बिकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताउनु भएको थियो।

त्यस्तै गरेर हरेक सोमबारमा निशुल्क पानी, चिया, प्रसाद बितरण गर्दै आएको थियो त्यसमा भक्तजनहरुले आफ्ना पितृको नाममा सहयोग गर्दै आएको थियो। यस अन्तिम सोमबारमा मध्यनेपाल नगरपालिका ७ का निर्माण ब्यवसायी एवम ईशानेश्वर महदेव क्षेत्र विकास समितिका सल्लाहाकार् पुर्ण चन्द्र पोखरेरले ६२ हजार् ५ सयबराबरको प्रसाद बितरण् गर्नु भएको थियो भने क्षेत्र विकास समितिले उक्त पुन्यकामको लागी पोख्रेललाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियो।

अर्का दानदाता मध्यनेपाल ७ का हाल ब्यास नगरपालिका दमौलि बस्ने द्शारदा प्रसाद् घिमिरेले ६० हजार् मुल्य बराबरको गणेशको मुर्ति क्षेत्र विकास् समितिलाई प्रदान गर्नु भएको थियो भने सोहि पुन्य कामको लागी धन्यवाद् दिदै क्षेत्र विकास् समितिले सम्माअन पत्र सहित् सम्मन् गरेको थियो। २० कार्टुन पिउने पानि उपलब्ध गरौनु हुने मध्यनेपाल ७ का बिष्णु कुमार् श्रेष्ठ र रुबिता श्रेष्ठलाई पनि सम्मान् पत्र सहित् सम्मान् गरिएको थियो । भने करापु तमु समाजले निशुल्क चिया बितरण गरेका थिए।

बिशेष गरेर श्रावण महिना भरको सोमबारको प्रचार प्रसारमा अहम भुमिका रहेको भन्दै प्रेस चौतारी लमजुङका अध्यक्ष, साराङ्गी न्युजका सम्बाददाता एबम रष्ट्रीय समाचार समितिका लमजुङ सम्बाददाता सुरज गुरुङलाई खदा माला र सम्मान पत्र सहित सम्मान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP