Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
Sarangi News

वालिङ, स्याङ्जा, ३१ साउन ।  निर्बन्ध (आख्यान र काव्य) लेखनको विमर्श एवम रचना वाचन गोष्ठी- २०८२ सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३५ औँ पाइलाको रूपमा नेपाली साहित्यको इतिहासमै पहिलोपटक आयोजना गरिएको निर्बन्ध (आख्यान र काव्य) लेखन विषयक विमर्श एवम रचना वाचन गोष्ठी- २०८२ शनिबार अपरान्ह वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्टको पुस्तकालय कक्षमा सम्पन्न गरिएको थियोे ।

कार्यक्रममा निर्बन्ध (आख्यान र काव्य) लेखनमाथि केन्द्रित रहेर अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक मिलन समीरद्वारा सहजीकरण गरिएको थियोे ।

कार्यक्रममा मिलन समीरद्वारा “मान्छेको मृत्यु”, संस्थापक अभियन्ता शम्भु अर्यालद्वारा “दिवस एक विद्रोह”, संस्थापक अभियन्ता वसन्त खनालद्वारा “तिमीले बिर्सियौ भने”, अभियन्ता पारिश्वर न्यौपानेद्वारा “मलाई मन पर्छ” शीर्षकका निर्बन्ध काव्य र गुरुप्रसाद ढकालद्वारा निर्बन्ध गजल रचनाहरु वाचन गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP