Sarangi News

वालिङ, स्याङ्जा, ३१ साउन ।  निर्बन्ध (आख्यान र काव्य) लेखनको विमर्श एवम रचना वाचन गोष्ठी- २०८२ सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३५ औँ पाइलाको रूपमा नेपाली साहित्यको इतिहासमै पहिलोपटक आयोजना गरिएको निर्बन्ध (आख्यान र काव्य) लेखन विषयक विमर्श एवम रचना वाचन गोष्ठी- २०८२ शनिबार अपरान्ह वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्टको पुस्तकालय कक्षमा सम्पन्न गरिएको थियोे ।

कार्यक्रममा निर्बन्ध (आख्यान र काव्य) लेखनमाथि केन्द्रित रहेर अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक मिलन समीरद्वारा सहजीकरण गरिएको थियोे ।

कार्यक्रममा मिलन समीरद्वारा “मान्छेको मृत्यु”, संस्थापक अभियन्ता शम्भु अर्यालद्वारा “दिवस एक विद्रोह”, संस्थापक अभियन्ता वसन्त खनालद्वारा “तिमीले बिर्सियौ भने”, अभियन्ता पारिश्वर न्यौपानेद्वारा “मलाई मन पर्छ” शीर्षकका निर्बन्ध काव्य र गुरुप्रसाद ढकालद्वारा निर्बन्ध गजल रचनाहरु वाचन गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP