Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
सवारी दुर्घटना न्युनिकरण गर्न क्लबले जेब्रा क्रसिङ बनायो। – Sarangi News
मध्यनेपाल(लमजुङ) सवारी दुर्घटना न्युनिकरणलाई मध्य नजर गर्दै मध्यनेपाल नगरपालिका भोर्लेटारको ब्यस्त सडकमा तल्लोटार युवा क्लबले जेब्रा क्रसिङ निर्माण गरेको छ। ईलाका प्रहरी कार्यलयको सहकार्यमा बनाईएको जेब्रा क्रसिङका लागि आर्थीक सहयोग ७२ हजार रकम संकलन भएको क्लबका सचिब मेख बहादुर गुरुङ्गले बताउनु भएको थियो।
राष्ट्रीय गौरबको आयोजना मध्यपहाडी लोकमार्ग भोर्लेटारमा आएर जोडिए पछि सवारी चाप बढेको धेरै सवारी दुर्घटना भएको हुनाले मुख्य चोक पाखुरी चोक र विशेष गरेर बिद्यालय र बजार क्षेत्रका चोक र आवत जावत गर्ने स्थानमा राखिएको छ। जसले गर्दा सडक वार पार गर्ने यात्रु, बिद्यार्थी, लगायत सबैलाई जोखिम मुक्त हुनेछ।
क्लबको यो सर्हानिय कार्यलाई समर्थन र तारिफ गर्दै यस बिषयमा नगरपालिका आफैमा सजग हुन पर्ने थियो भने स्थानिय सरकारले गर्न पर्ने काम एउटा क्लवले गरेकोमा क्लब पनि स्थानिय सरकारको एक हिस्सा रहेको बताउदै अन्य समाजका विभिन्न गतिविधी र कार्यहरुमा यसरी सम्लग्नता जनाउन अनुनुरोध गर्दै मध्यनेपाल नगरपालिका नगर प्रमुख रमेश कुमार पाण्डेले क्लबलाई धन्यवाद दिनु भयो।
स्थानियहरुले क्लबको तारिफ योग्य कार्यलाई धन्यवाद व्यक्त गर्नु भएको थियो भने भोर्लेटारको मुख्य बजारमा रहेको धेरै संख्या बिद्यार्थी रहेको ईशानेश्ववर माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामकृष्ण घिमिरेले समेत वर्तमान अवस्थामा युवाहरु पलायन रहेको अवस्था स्वदेशमा बसेर देश र जनता समजमा केही गर्नु पर्छ भन्दै लागेका क्लबका युवाहरुलाई धन्यवाद दिनु भएको थियो।
त्यस्तै गरेर ईलाका प्रहरी कार्यलय भोर्लेटारका प्रमुख यम नारायण अर्यालले लागू औषध दुर्व्यसनी तथा कुलतमा फसेर देशका युवाहरुले आफ्नो जीवन बर्वाद गरिरहेको अवस्थामा तल्लोटार युवा क्लबका युवाहरुले गरेको यस उदाहारणिय कार्यलाई सल्युट गर्दछु भन्नू भएको र सदैव हरेक कार्यमा क्लवसंग सहकार्य गरेर काम गर्ने प्रतिवद्दता ब्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP