Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
आरनबाट जिविकोपार्जन गर्दै भिम बहादुर विक। – Sarangi News
मध्यनेपाल(लमजुङ) मध्य्यनेपाल नगरपालिका वडा नं ६ स्यानिस्वारा भदौरे निवासी भिम बहादुर बिश्वकर्माको आरन सन्चालनबाट पारिवारिक जिवनमा दैनिक गुजारा चली रहेको छ। निम्न वर्ग परिवारका बिश्वकर्मा मध्यनेपालकै आरन चालाएर जिविकोपार्जन गर्ने व्यक्तिमा एक हुनुहुन्छ ।
आरन एक प्रकारको पुरानो हाते मेसिन हो जसको मद्दत द्वारा कोइला फुकेर फलामहरु पोल्ने तताउने गरिन्छ र त्यही फलामलाई घनले पिटेर घरेलु औजारहरु हसिया, हथौडा, खुकुरी कुटो कोदालो लगायत विभिन्न किसिमका औजारहरु निर्माण गरिन्छ।
स्याने कामीका जेष्ठ पुत्र, श्रीमती माया बिश्वकर्मा, दुई छोरा र दुई छोरीको बुवा भिम बहादुरले बाजे बराजुले गरेको यो आरनको काम मैले पनि बाजे बराजुले गरेको बिडोलाई अर्थात कामलाई निरन्तरता दिएको बताउनु हुन्छ। त्यस्तै पहिले गाउँ गाउबाट बिष्टहरु आउथे हसिया कुटो कोदालो अर्चप्ने गर्थे र चाडवाडमा हामिले हरेकको घरबाट अन्न रासन पानी अर्थात बालीमा पाउने गर्थ्यौ आजकल त्यो चलन सर्लक्कै हटेको बताउदै पैसामा बनाउने लिने दिने गर्छन जसले गर्दा लगाउन र खान मजाले पुगेको समेत बताउछन। मैलेसम्म बाउ बाजेको बिडो धानेर घामपानी जाडोगर्मी नभनिकन आरनकै काम गरेर बसेँ तर अब छोरा नातीले गर्दैन र जानेका समेत छैन, मोबाईल र अनेक प्रविधिले मान्छेलाई खै के के बनायो सबै मोबाईलमा मात्र भुल्छन हामिले गर्ने दुख सुखका काम कुरो केही हुदैन र गर्दैन आजकलका युवायुवती एवम छोरानातिहरुले भन्दै चिन्ता र गुनासो समेत पोख्नु भएको थियो।
अहिलेसम्म आफ्नै आम्दानीबाट आरनको बिग्रेको भत्केको खर्चपर्च गर्ने गर्दथेँ यस आर्थिक बर्ष भर्खरै नगरपालिकाबाट वडा अध्यक्ष बिष्णु भक्त पौडेल र मेयर रमेश कुमार पाण्डेको पहलमा आरनको पंखा प्राप्त गरेको समेत बताउनु भएको थियो।
सामाजमा दलितले आरन थापेर चलाउनेलाई हेर्ने दृष्टिकोण नै फरक हुना हेलाहोचो गर्ने प्रथालेले धेरैले यो काम गर्न छाडे र जसका कारण गाउघरमा कामकाजमा प्रयोग आउने हसिया कुटो कोदालो अत्याधुनिक रुपमा कमसल खालको आएर समस्या भएकाले गर्दा आरनको उत्थान र जगेर्नाको लागि नगरपालिकाबाट सहयोग गतिएको नगर प्रमुख रमेश कुमार पाण्डेले बताउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP