Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
कालिकामा तिजगीत प्रतियोगिता – Sarangi News

पोखरा, भदौ ९ गते । पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माविमा आइतवार तिजगीत प्रतियोगिता सम्पन्न भएको छ ।

हरितालिका तिजका अवसरमा वार्षिक क्यालेन्डरअनुसार आयोजित प्रतियोगितामा माध्यमिक तहतर्फ सफला सुनार, कृतिका केसी, मन्जिता गुरुङ, सुनीता खत्री र दिव्या सुनारको समूह पहिलो भएको छ । त्यसै गरी शिवानी गुरुङ, समीक्षा खत्री, दीक्षा गुरुङ, सङ्गम थापा र करिस्मा केसीको समूह द्वितीय, सन्ध्या परियार, निशा थापा, सम्झना नेपाली, दिया गुरुङ र वर्षा सुनारको समूह तृतीय तथा सुवास्ना श्रेष्ठ, सुवर्ण श्रेष्ठ, आयुषा सुनार, मौसमी राजबाहक र स्वेच्छा परियारको समूह सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

त्यसै गरी आधारभूत तहतर्फ सामिया कुँवर, कुसुम नेपाली, विनिसा पाण्डे, जेनी मगर र आइतीमाया तामाङको समूह प्रथम, आशिका गुरुङको समूह द्वितीय र अलिमा ओलीको समूह तृतीय भएका थिए ।

विद्यालयकी सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको अध्यक्षताम भएको प्रतियोगितामा शान्तादेवी घिमिरे, सृजना महत कार्की र सविता दिवाल निर्णायक रहेका थिए । कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप विभाग प्रमुख लक्ष्मी गिरीले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP