Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
भोर्लेटारमा प्रथम 9A साईड फूटबल प्रतियोगिता शुरु। – Sarangi News

मध्यनेपाल(लमजुङ): महिलाहरुको विशेष पर्वको रुपमा मनाईने हरितालिका तिजको अवसरमा संयुक्त भोर्लेटार क्लबले भोर्लेटारमा प्रथम खुल्ला ९ ए साईड फूटबल प्रतियोगिता आजबाट  सन्चालन गरेको छ। ईशानेश्वर क्याम्पसको खेल मैदानमा शुरु भएको प्रतियोगिता कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष बिश्वलाल श्रेष्ठले गर्नु भएको थियो भने मध्यनेपाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु भक्त पौडेलले प्रमुख अतितिथिको आतिथ्य ग्रहण गर्नु भएको थियो।

क्लबका सदस्य सन्तोश धिँङ्गालले स्वागत मन्तव्य राखेर शुरु गरिएको औपचारिक कायक्रममा वडा अध्यक्ष पौडेलले दिप प्रज्वलन गरी रेफ्रीहरु राष्ट्रीय रेफ्री यम बहादुर सुनुवार, राष्ट्रीय रेफ्री श्री प्रधान, एन्फा रेफ्री उत्तर कुमार सुनुवार, एन्फा रेफ्री मिजल सुनुवारलाई बल हस्तान्तरण गरि शुरु गरिएको थियो।

प्रथम पुरस्कार २ लाख, ट्रफी मेडल र प्रमाण पत्र, दोस्रो पुरस्कार १ लाख, ट्रफी मेडल र प्रमण पत्र, सवार्धिक गोलकर्ता , उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडीलाई रु ५/५ हजार ट्रफी र प्रमाण पत्र रहेको छ। कुल जम्मा १३ टिम भएको प्रतियोगिता १५ गते आईतबार फाईनल खेल हुने खेल संयोजक मेख बहादुर गुरुङले बताउनु भएइ थियो।

त्यसै गरेर उद्घाटन खेल आयोजक टिम संयुक्त भोर्लेटार क्लव र करापुटार क्लब रामबजार बिच भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP