समिभन्ज्याङमा तिजगीत, उत्साहजनक सहभागिता – Sarangi News

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका, वडा नम्बर ५ को कार्यालयद्वारा हरितालिका तिजका अवसरमा आयोजित खुला तिजगीत प्रतियोगितामा चर्दी आमा समूह, मध्यनेपाल-३ प्रथम भएको छ । चर्दीले २५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा द्वितीय भएको देउराली छोरीबुहारी समूह, रूपा-७, कास्कीले १५ हजार र तृतीय भएको कुभिन्डे डाँडा टोल सुधार समाज, मध्यनेपाल-४, दुईपिप्लेले १० हजार रुपियाँ प्राप्त गरेको छ । त्यसै गरी लालीगुराँस आमा समूह, मध्यनेपाल-५, जनजागृति आमा समूह, रूपा-३, कास्की, एकता क्रियाशील आमा समूह, टक्सार र शिवशक्ति आमा समूह, रामबजार सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । प्रतियोगिताका निर्णायकहरूमा साहित्यकार सरस्वती श्रेष्ठ ‘सरू’, सुरज उपाध्याय र रुपिन्द्र प्रभावी रहेका थिए । प्रतियोगितामा १५ समूहको सहभागिता रहेको थियो ।

वडा नम्बर ५ की वडा सदस्य बालकुमारी उच्चैको अध्यक्षतामा भएको कार्यक्रममा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले हाम्रा मौलिक संस्कृति नै हाम्रो पहिचान भएको धारणा राखे । तिजगीतका माध्यमबाट कलाकारहरूले दिएका सन्देश जनप्रतिनिधिले ग्रहण गर्नुपर्ने बताउँदै पाण्डेले समाजमा भएका सकारात्मक पक्षलाई पनि उजागर गर्न आग्रह गरे । कुरीतिका विरुद्ध नारीहरूले गरेका विद्रोहको पर्वका रूपमा तिजको चर्चा गर्दै पाण्डेले तिजले नारीप्रति सम्मान गर्ने पर्व भएको धारणा राखे ।

वडा नम्बर ५ का वडा अध्यक्ष ओमवीर गुरुङले स्थानीय कला, संस्कृतिको जगेर्नाका लागि आफूहरू सदा लागिरहने बताए । कार्यक्रमम वडा नम्बर ४ का वडा अध्यक्ष केशव न्यौपाने, मङ्गला माविका प्रधानाध्यापक विष्णुहरि बाँस्तोला, सम्झना माविका प्रधानाध्यापक सन्तोष तिवारी, युवा इभन जोशी, मालिका आविकी प्रधानाध्यापक पूर्णकुमारी गुरुङ, समाजसेवी देवप्रसाद श्रेष्ठ, सोविता श्रेष्ठलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव विमला गौतमले गरेकी थिइन् ।

सोही अवसरमा पुरानो हटिया नेवाः समाजद्वारा लाखे नाच र ट्याकटुके नाच प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम


TOP