Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
प्रथम ९ ए साईड फूटबल प्रतियोगिता फाईनल भोलि, ग्रीन भ्याली क्लब र बौद्द शान्ति क्लब रामघाट बीच भिडन्त। – Sarangi News

भोर्लेटार(लमजुङ्ग), ४५ औ हरितालिका तिजको अवसरमा मध्यनेपाल नगरपालिका भोर्लेटारमा संयुक्त भोर्लेटार क्लब द्वारा भदौ १० गते देखि संचालित प्रथम ९ ए साईड फूटबल प्रतियोगिताको फाईनल भोलि आइतबार ईशानेश्वर क्याम्पस मैदानमा हुने भएको छ ।

१५ टिमको सहभागिता रहेको प्रतियोगितामा विभीन्न चरणहरु पार गर्दै सेमी फ़ाइनलमा ग्रीन भ्याली क्लब रानीपानी र योङ्ग ब्वाईज देवदह बीच भएको थियो जसमा शुरुमा देवदहले गोलको १/ ३ गोलको अग्रता लिएता पनि ग्रीन भ्याली क्लबले दोस्रो हाफमा थप समयको ४ मिनेट भित्र गोल गर्दै बराबरीमा समाप्त भएको थियो। त्यसपछि पेनाल्टि सुट आउटमा ग्रीन भ्याली क्लबले योङ्ग ब्वाईज देवदहलाई तिन गोलका बिरुद्द चार गोल हान्दै फाईनलमा प्रवेश गरेको हो।म्यान अफ द म्याच क्लबका आशा गुरुङ्गले प्राप्त गरेका थिए भने तल्लोटार युवा क्लबको तर्फबाट रु १५०० /- प्राप्त गरेका थिए। 

त्यस्तै गरेर दोस्रो सेमी फाईनलमा बांग्रे एफ सी र बौद्द शान्ति क्लब रामघाट पोखराको बीच अत्यन्तै प्रतिष्पर्धात्मक खेल भएको थिय। पहिलो हाफ सम्म बौद्द शान्ति क्लबले बांग्रे एफ सिलाई एक गोल गरेको थियो बांग्रे भने कुनै गोल गर्न सकेन फेरी दोस्रो हाफमा आएर बौद्द शान्ति क्लब रामघाटले लगातार ३ गोल गरि गोल संख्या चार बनाउदै फाईनलमा प्रवेश गरेको हो।म्यान अफ द म्याच क्लबका भिषण गुरुङ्गले प्राप्त गरेका थिए भने तल्लोटार युवा क्लबको तर्फबाट रु १५०० /- प्राप्त गरेका थिए।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको उपस्थितिमा भएको प्रतियोगितामा दर्शकहरुको पनि उपस्थिति उत्तिकै थियो जसले गर्दा तिज मेलालाई आकर्षण र सबै भन्दा पुरानो मेलाको रुपमा मनाईने भोर्लेटारको तिज मेला र फूटबल प्रतियोगिता यस बर्षको ९ ए साईड फूटबल प्रतियोगिताले भोर्लेटारलाई फेरी राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउन सर्लक्कै उचालेको कुराहरु स्थानीय बुद्दिजिवि वर्गहरुले बताउदै यसले निरन्तरता पाओस भन्दै बिगतका बर्षहरुमा जस्तो नहोस समेत भन्नु भएको थियो। साथै आज आयोजक क्लबले राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीहरुलाई सम्मानित समेत गरेको थियो। जसमा ग्रीन भ्याली क्लबबाट खेलेका अन्तराष्ट्रिय खेलाडी फ़ोफ़ोना ईब्राहिमलाई सम्मानित गरेको थियो। भने राष्ट्रिय खेलाडिहरुलाई पनि सम्मान गरेको थियो।

भोलि बिहान ठिक मध्यान्हको १२ बजे फाईनल खेल शुरु हुने क्लबका अध्यक्ष बिश्वलाल श्रेष्ठले बताउनु भएको थियो भने सबै खेल प्रेमी दर्शकहरुलाई समयमा उपस्थित भएर फ़ाईनल खेलको मनोरन्जना लिन अनुरोध गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP