भोर्लेटारको हरितालिका तिज फूटबल उपाधी बौद्द शान्ती क्लब पोखराको पोल्टामा। – Sarangi News

भोर्लेटार(लमजुङ):- ४५ औं हरितालिका तिजको अवसरमा संयुक्त भोर्लेटार क्लबको आयोजनामा भएको प्रथम ९ ए साइड फूटबल प्रतियोगिताको रनिङ शिल्ड यस बर्ष बौद्द शान्ती क्लब रामघाट पोखराको पोल्टामा गएको छ।

मध्यनेपाल नगरपालिका नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा रहेको समापन समारोहमा बौद्द शान्ती क्लब रामघाट पोखरा र ग्रीन भ्याली क्लब रानीपानीको बिच भिडन्त भएको थियो। समापन कार्यक्रमको प्रमुख अतिथी पाण्डेले रेफ्रीहरुलाई बल हस्तातन्तरण गर्नु भएको खेलमा पहिलो हाफमा कुनै पनि गोल हुन सकेको थिएन। दोस्रो हाफमा बौद्द शान्ती रामघाट पोखराले लगातार ०२ गोल गर्न सफल भयो ९ ए साईडको पहिलो उपाधी नै हात पार्न सफल भयो।

बिजेता टिमले रामघाट पोखराले रु २ लाख ट्रफी, मेडल र प्रमाण पत्रहरु प्राप्त गरेको थियो। उत्कृष्ट खेलाडी ग्रीन भ्याली क्लबका जितेश गुरुङ ले रु ५ हजार ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिएँ, त्यस्तै सर्वाधिक गोलकर्ता बौद्द शान्ती रामघाटका खेलाडी सुरज चौधरीले रु ५ हजार ट्रफी र प्रमाण पत्र प्राप्त गरे, त्यस्तै रामघाट पोखराकै खेलाडी राज गुरुङले उत्कृष्ट गोल रक्षकले रु ५ हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो।

त्यस्तै उपबिजेता टिम ग्रीन भ्याली क्लबले ले १ लाख ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए। बिजेता तथा उपबिजेता टिमहरु र खेलाडीहरुलाई बधाई दिदै नगर प्रमुख पाण्डेले बधाई दिदै उत्कृष्ट खेल प्रदर्शन गरेकोमा र सौहार्द पुर्ण वातावरणमा खेल सम्मपन्न भएकोमा आयोजक संयुक्त भोर्लेटार क्ल्बलाई धन्यवाद सहित आभार ब्यक्त गर्नु भएको थियो। साथै सेवेन ए साईड खेल हुने मैदानमा ९ए साईड फूटबल राष्ट्रीय र अन्तराष्ट्रीय खेलाडीहरुको उपस्थिती गराएर भोर्लेटारलाई गन्डकि प्रदेशको मात्र नभै देश तथा बिदेशमा चिनाउने एक प्रकारको अहम भुमिका खेलेको बताउदै हरेक समयमा नगरपालिकाले आर्थिक तथा भौतिक नैतिक जुन सुकै सहयोग गर्न परे पनी गर्ने प्रतिवद्दता जाहेर गर्नु भएको थियो।

त्यस्तै गरेर वडा नं ६ का वडा अध्यक्षले बिजेता तथा उपबिजेत दुबै टिमलाई बधाई दिदै तिज फूटबल भव्यताका साथ सम्पन्न भएकोमा खुशी ब्यक्त गर्द ईशानेश्वर खेल मैदानलाई सरकारको पहलमा स्तरोन्नति गर्नु पर्ने कवाड हललाई स्थानन्तरण गरेर र भुकम्पले चर्किएको भवनलाई हटाएर ११ साईड फूटबल खेल मैदान बनाउन पर्नेमा जोड दिनु भएको थियो।

भदौ १० गते देखि शुरु भएको प्रतियोगितामा देश तथा बिदेशका खेलाडीहरुको उपस्थिती रहेको थियो। हरितालिका तिजको अवसरमा खेलाईने फूटबल प्रतियोगिता ४५ औँ संस्करण हो भने ९ए साईड खेल भने पहिलो हो। खेलप्रेमी दर्शकहरुको अत्यन्तै राम्रो उपस्थिती समेत रहेको थियो।

कार्यक्रमको सभापतित्व गर्नु भएको संयुक्त भोर्लेटार क्लबका अध्यक्ष बिश्वलाल श्रेष्ठले आर्थिक नैतिक भौतिक एवम हरेक रुपमा सहयोग गर्नुहुने क्लब, संघ सस्था, उध्योग ब्यापारी, शिक्षक बिद्यार्थी, प्रहरी प्रशासन, पत्रकार एवम देश तथा बिदेश देखि सहयोग गर्ने, प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो भने यस बर्षमा भए गरेका कमि कमजोरिहरुलाई आगामी बर्षहरुमा सुधार्दै, यस खेल मैदानलाई स्तरोन्नति गर्दै खेल खेलाडी संगै ऐतिहासिक तिजको यस खेललाइ ९ ए साईड बाट ११ साईडमा बनाउन पर्नेमा ध्यानाकर्षण गराउदै स्थानिय,प्रदेश र संघिय सरकारले विशेष पहल गरिदिन बताउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP