Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
कालिका माविको अध्यक्षमा मोहन थापा – Sarangi News

पोखरा, भदौ १८ गते । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।

गत भदौ ६ गते निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, शिक्षा महाशाखाका शाखा अधिकृत रामप्रसाद तिवारीको प्रमुख आतिथ्य र वडा सदस्य दुर्गादेवी केसी थापाको विशेष उपस्थितिमा सम्पन्न अभिभावक भेला र वडा शिक्षा समितिबाट मनोनित भई आएका सदस्यहरूको बुधवार सम्पन्न बैठकबाट थापा सर्वसम्मत चयन अध्यक्ष भएका हुन् । समितिका सदस्यहरूमा खिमबहादुर खत्री, कृष्णकुमार श्रेष्ठ, ज्योति गुरुङ, अस्मिता नेपाली र सीता विक रहेका छन् । सोही बैठकबाट पोखरा महानगरपालिका, शिक्षा नियमावलीको नियम २९ (ङ) बमोजिम स्थानीय बुद्धिजीवी, चन्दादातामध्येबाट लोकनाथ पौडेललाई सदस्यका रूपमा मनोनयन गरिएको छ । समितिको सदस्य सचिवमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी र शिक्षक प्रतिनिधिमा मानकाजी विक रहेका छन् ।

अध्यक्ष चयन भएपछि थापाले विद्यालयमा भएका समस्याको समाधान गरी विद्यालयको चौतर्फी स्तर उन्नतिका लागि आफू लागिपर्ने प्रतिबद्धता जनाए । विद्यालय सबैको साझा सम्पत्ति भएको भन्दै उनले विद्यालयले विद्यार्थी खोज्दै जानुपर्ने अवस्थाबाट विद्यार्थीले विद्यालय खोज्दै आउने अवस्थामा पुर्‍याउने कार्ययोजना आफूसँग रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP