Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
रेडक्रसको वक्‍तृत्वकलामा ओख्लेडाँडाका बराल प्रथम – Sarangi News

पोखरा, भदौ १९ गते । नेपाल रेडक्रस सोसाइटी, कास्कीद्वारा आयोजित जिल्लास्तरीय वक्‍तृत्वकला प्रतियोगितामा ओख्लेडाँडा भुम्दीकोट माविका शरद बराल प्रथम भएका छन् ।

नेपाल जुनियर रेडक्रस सर्कल, अमरसिंह माविको व्यवस्थापनमा बिहीवार सम्पन्न प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी दीपशिखा क्षेत्री, अमरसिंह माविकी सुसन्ध्या पौडेल र बालमन्दिर माविका सुरज गुरुङ क्रमशः द्वितीय, तृतीय र सान्त्वना भए । कास्कीका २७ विद्यालयको सहभागिता रहेको प्रतियोगिताका निर्णायकहरूमा साहित्यका रुपिन्द्र प्रभावी र कार्यमूलक नेपाली व्याकरण, बोध तथा अभिव्यक्तिका लेखक बाबुराम सुवेदी रहेका थिए ।

अमरसिंह मावि सर्कलकी अध्यक्ष भाषिका सुवेदीको अध्यक्षताम भएको कार्यक्रममा पोखरा महानगरपालिका, शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले मानवताका लागि अनवरत सेवारत रेडक्रसले विद्यार्थीको प्रतिभा विकासका लागि पनि महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीकी जिल्ला अध्यक्ष उर्मिला खड्का, जुनियर तथा युवा संयोजक तथा उपमन्त्री डिल्लीराम बराल, अमरसिंह माविका विव्यस अध्यक्ष कृष्णप्रसाद कोइराला, प्रधानाध्यापक बलराम पोखरेल, सहायक प्रधानाध्यापक सुदिप आचार्य, सर्कल जिल्लाका मन्त्री सन्तोष अधिकारीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सर्कल अमरसिंह माविकी शिक्षक नायक सम्झना कट्टेलले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP