लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना – Sarangi News

पोखरा, भदौ २१ गते । लघुकथा प्रतिष्ठान, पोखराको तेस्रो अधिवेशनले कल्याण पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको अधिवेशनबाट उपाध्यक्षमा गीता तिवारी, सचिवमा विष्णुप्रसाद बाँस्तोला र कोषाध्यक्षमा कृष्णप्रसाद बाँस्तोला सर्वसम्मत चयन भए । समितिका सदस्यहरूमा रुपिन्द्र प्रभावी, डा. नवराज न्यौपाने, शोभा लामिछाने, ढाकामोहन बराल र गायत्री पराजुली रहेका छन् ।

सोही अवसरमा सम्पन्न साधारण सभाले अध्यक्ष लक्ष्मण थापाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष गीता तिवारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा हरेक २ वर्षमा नेपाली लघुकथामा क्रियाशील कथाकार, समालोचक, अनुसन्धाता वा संस्थालाई दिइने गरी लघुकथा पुरस्कार स्थापनाको घोषणा गरिएको छ । पुरस्कार विनियम मस्यौदा लेखन समितिका सदस्य रुपिन्द्र प्रभावीद्वारा प्रस्तुत विनियम साधारण सभाले छलफलपछि पारित गरेसँगै पुरस्कार स्थापना भएको घोषणा गरिएको छ । समाजसेवी रामप्रसाद बतासद्वारा प्रदान गरिएको १ लाख रुपियाँबाट सुरु भएको अक्षयकोषमा प्रतिष्ठानका पदाधिकारी, सल्लाहकार र लघुकथाप्रेमीले रकम थप गरी हाल २ लाख रुपियाँ पुर्‍याइएको छ । डा. ईश्वरमणि अधिकारीको संयोजकत्वमा प्रभावी र शोभा लामिछाने रहेको समितिले तयार पारेको विनियम पारित भएको हो । अक्षयकोषमा आफूले सक्दो सहयोग गर्न अध्यक्ष लक्ष्मण थापाले आग्रह गरेका थिए ।

यसअघि उद्घाटन सत्रमा वरिष्ठ साहित्यकार सरुभक्तले कुनै पनि संस्थाले रचना वाचन मात्र होइन, त्यसउपर समीक्षा गर्ने परम्परा अगि बढाउनुपर्ने धारणा राखे । उनले लघुकथा प्रतिष्ठानले गद्य लेखनका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै लघुकथाका क्षेत्रमा नयाँ पुरस्कार स्थापना हुनु गौरवको कुरा भएको बताए ।

सदस्य डा. ईश्वरमणि अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा साहित्यकार दीपक समीपले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन

करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम

 ‘युके बस्ने दाइ’ लिएर आइन् गायिका शान्ति (भिडियो)

२३ औँ कायापलट रनिङ सिल्डको उपाधि आयोजकलाई


TOP