Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल। – Sarangi News

भोर्लेटार(लमजुङ):-  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल”प्रचण्ड” सहितको जम्बो टोली बैतडी देखि शुरु भएको मध्यपहाडी लोकमार्ग पदयात्रामा हिजो  भदौ २१ गते शनिवार लमजुङको मध्यनेपाल नगरपालिका भोर्लेटारमा पुगेका हुन।

शनिवार साँझ उक्त पदयात्राको जनभेटघाट कार्यक्रमलाई भोर्लेटारमा सम्बोधन गर्दै अध्यक्ष दाहालले गणतन्त्र आएपछि बनेको म पहिलो प्रधानमन्त्री हुँदा तय गरिएका योजनाहरुलाई सफल पार्न र जनताको घर आँगनमा पुगेर जनताको समस्या सहित मनोभावना बुझ्न यो यात्रा गरेको बताउनु भएको थियो। साथै आत्मालोचना गर्दै हामी नेकपा माओवादीले केन्द्रिय स्तरमा बसेर देशको लागि केहि गर्न सकिएला भनेर पटक पटक कहिले काङ्ग्रेससंग कहिले एमालेसंग गठबन्धन गर्दा असफल भएको जिकिर गर्दै जनताहरुमा असन्तुष्टी जागेको कुरा स्विकार्दै अब यसलाई सच्याएर अगाडि बढ्ने बताएका थिए।

त्यस्तै गरेर बोल्ने क्रममा अध्यक्ष दाहालले लमजुङको भोर्लेटरामा रहेको जनचासो र उपस्थितिले हर्षित भएको बताउदै बर्तमान सरकारलाई दलाल र बिचौलियाहरुले बनाएको असंवैधानी अलोकतान्त्रिक सरकार हो भन्दै आरोप लगाएका थिए यही कारणले नेकापा माओवादी यो अभियानमा जुटेको बताउनु हुँदै आज जनताका साथ भोर्लेटारमा बसेर आइतबार बिहान सुन्दरबजार नगरपालिकामा भेटघाट कार्यक्रम गर्दै धादिङ पुग्ने बताउनु भएको थियो।

पुर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, पुर्व सभामुख एवम नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा, पुर्व सभामुख एवम पार्टी उपाध्यक्ष अग्नि सापकोटा, पुर्व उपराष्ट्रपती नन्द किशोर पुन, उपाध्यक्ष पम्फा भुषाल, महासचिव देव गुरुङ, पुर्व शिक्षा मन्त्री एवम सचिव दिननाथ शर्मा, संघिय सांसद उर्मिला माझी लगायतका टोलिहरु अध्यक्ष दाहाललाई गुरुङ संस्कार सस्कृती अनुसार फेटा माला र खदा लगाएर पन्चे बाजागाजाका साथ भोर्लेटारमा भव्य स्वागत गरिएको थियो भने साथ साथै जनभेटघाट कार्यक्रम राखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP