Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा। – Sarangi News
लमजुङ: जेन जिको भाद्र २३ र २४ गते आन्दोलमा कास्की र तनहुँ कारागारबाट भागेका अर्थात फरार रहेका ३० जना थुनुवा तथा कैदीहरुलाई जिल्ला प्रहरी कार्यालय लमजुङले नियन्त्रणमा लिई कारागार कार्यालय तनहुँमा बुझाएको छ। जसमा कर्तव्य ज्यान मुद्दामा ५ जना, ज्यान मार्ने उद्योगमा १ जना, जवरजस्ती करणीमा ६ जना, लागिऔषधमा ५ जना, चोरीडाँकामा १२ जना, बालबिवाहमा १जना, समेत गरि जम्मा ३० जना कैदिहरु  हिजो भाद्र २८ गते ११ जना र आज भाद्र २९ गते १९ जना बुझाएका छन।
देशका विभिन्न कारागार तथा बाल सुधारगृहबाट बाहिर निस्किएका बन्दीहरु/बालबिज्याईकर्ताहरु अविलम्ब आफु बसेको कारागार कार्यालय/बालसुधार गृहको सम्पर्कमा नगएमा आवश्यकताको आधारमा बल प्रयोग गरी नियन्त्रणमा लिईने र सुचना दिई पक्राउमा सहयोग गर्नुहुने नागरिकहरु प्रति हार्दिक आभार सहित फरार भएका कैदीबन्दीहरू आफ्नो छरछिमेकमा आएको जानकारी पाउनुभएमा प्रहरीलाई सूचना दिइ निरन्तर सहयोगका लागि आम जनसमुदायमा अनुरोध गर्दै सुचना दिने ब्यक्ती गोप्य रहने बताउदै लमजुङ जिल्ला प्रहरी कार्यलय लमजुङले जानाकारी गराएको छ।

लमजुङ जिल्लाको कारागर भत्किएर साउन ३ गते १०८ जना कैदिहरु तनहुँ र कास्किको कारागारमा स्थानान्तरण गरिएको थियो भने कारागार हाल निर्माणाधिन अवस्थामा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP