भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन। – Sarangi News

भोर्लेटार: मध्यनेपाल नगापालिका भोर्लेटारको पाखुरी चोकमा तल्लोटार युवा क्लबको आयोजनामा भाद्र २३ र २४ गते आन्दोलनमा सहिद भएका जेनजिहरुको सम्झनामा मौन धाराण गरि शोक ब्यक्त गर्दै दिप प्रज्वलन गरिएको छ।

सरकारको असोज १ गते राष्ट्रिय शोक बिदा घोषणा सहित आधा झण्डा झुकाएर शहिद भएका जेनजिहरुको सम्झनामा शोक मनाउने निर्णय बमोजिम क्लबले जेनजी युवाहारु लगायत स्थानीय, प्रहरी प्रशासन बुद्दीजिवि वर्गहरुको उपस्थितिमा दिप प्रज्वलन पाखुरी चोकमा गरिएको थियो।

साथै दिप प्रज्वलनमा सहभागी राजेन्द्र कुमार श्रेष्ठका अनुसार यस क्लबको समाजमा टोल बस्तिमा देखिएको सक्रियता सहयोग संगै सहभागितालाई प्रसंशा गर्दै आउमे दिनहरुमा अझै थप सिर्जशिल एवम समाज सेवाको कार्यमा अगाडि बढ्न आग्रह गर्दै सहिद जेनजिहरुलाई हार्दिक श्रद्धाञ्जली सहित शोक सतप्त परिवारमा समावेदना प्रकट गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज


TOP