Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन। – Sarangi News

भोर्लेटार: मध्यनेपाल नगापालिका भोर्लेटारको पाखुरी चोकमा तल्लोटार युवा क्लबको आयोजनामा भाद्र २३ र २४ गते आन्दोलनमा सहिद भएका जेनजिहरुको सम्झनामा मौन धाराण गरि शोक ब्यक्त गर्दै दिप प्रज्वलन गरिएको छ।

सरकारको असोज १ गते राष्ट्रिय शोक बिदा घोषणा सहित आधा झण्डा झुकाएर शहिद भएका जेनजिहरुको सम्झनामा शोक मनाउने निर्णय बमोजिम क्लबले जेनजी युवाहारु लगायत स्थानीय, प्रहरी प्रशासन बुद्दीजिवि वर्गहरुको उपस्थितिमा दिप प्रज्वलन पाखुरी चोकमा गरिएको थियो।

साथै दिप प्रज्वलनमा सहभागी राजेन्द्र कुमार श्रेष्ठका अनुसार यस क्लबको समाजमा टोल बस्तिमा देखिएको सक्रियता सहयोग संगै सहभागितालाई प्रसंशा गर्दै आउमे दिनहरुमा अझै थप सिर्जशिल एवम समाज सेवाको कार्यमा अगाडि बढ्न आग्रह गर्दै सहिद जेनजिहरुलाई हार्दिक श्रद्धाञ्जली सहित शोक सतप्त परिवारमा समावेदना प्रकट गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP