
मध्यनेपाल: मध्यनेपाल नगरपालिकाले प्रदेश जनस्वास्थ्य कार्यलय लमजुङको उपस्थितिमा आ/व २०८१/८२ को क्षयरोग उपचार तथा नजिताको समीक्षा कायक्रम सम्पन्न गरेको छ। १० वटै वडाका स्वस्थ्य चौकिका स्वस्थ्यकर्मीहरुको उपस्थितिमा कार्यक्रममा हरेक वडाको स्वस्थ्यकर्मिहरुले आ- आफ्ना वडामा आएका क्षयरोगका रोगीहरु उपचार र सोको अवस्थामा जानाकारी गराएका थिए। 

जसमा प्रदेश जनस्वाथ्य कर्यलय लमजुङका प्रमुख प्रबिण कुमार खनालले मध्यनेपाल नगरपालिका भरका स्वास्थ्य चौकिहरुमा आ/व २०८१/८२ मा क्षयरोगका बिरामिहरु के कति रहेका र उपचार भए नभएको र हालको अवस्थाको बारेमा सम्पुर्ण स्वास्थ्य चौकिका प्रमुखहरुसंग रिपोर्ट संकलन गर्नु भएको थियो। जसमा १५ जना र उपचार १४ जना कार्यको नतिजा ९६% रेहेको प्रतिवेदनले देखाएको थियो।

प्रमुख खनालले सो संगसंगै स्वास्थ्यकर्मिहरुलाई तालिमको आबश्यकता रहेको बताउदै समुदायमा ब्यक्तीहरुसङ कसरी काउनसेलिङ गर्ने भन्ने बारेमा बताउदै, हालको अवस्थामा डेङ्गिको बिरामी बिस्तारै बढ्दो अवस्थामा स्वास्थ्यकर्मिहरुले ख्याल गर्न पर्ने बताएका थिए। भने ल्याब टेक्निसियन अधिकृत निरोज कुमार श्रेष्ठ, तथ्याँङ्क अधिकृत लेखनाथ उपाध्याय, ल्याब टेक्निसियनहरु र क्षयरोग कार्यक्रमका जिम्मेवार स्वास्थ्ययकर्मिहरुको उपस्थिती रहेको थियो।

त्यस्तै गरेर अन्त्यमा मध्यनेपाल नगरपालिका स्वस्थ्य शाखा प्रमुख सुर्य प्रसाद पौडेलले गत बर्षको कमि कमजोरिलाई सुधार्दै अगाडि बढ्ने, समुदायमा हामी स्वस्थ्यकर्मी कसरी प्रवेश गर्ने र काउनसेलिङलाई विशेष ख्याल गर्दै, मुख्य तय स्वस्थ्यकर्मिलाई तालिमको आबश्यकता रहेको बताउदै आगामी आर्थिक बर्षमा विशेष जोड दिने प्रतिवद्दता समेत जाहेर गरेका थिए।
|
