Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
सोमबार , अषोज २७, २०८२
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र। – Sarangi News

सामाजिक सञ्जालमा ‘ओली र लेखकलाई पक्राउ गर’ अभियानले तातेको केही दिनमै त्यसको प्रतिवादमा अर्को अभियान तीव्र बनेको छ — ‘देश जलाउनेहरूलाई पनि पक्राउ गर’।

नयाँ अभियानमा काठमाडौं महानगरका प्रमुख बालेन शाह र अभियन्ता सुधन गुरुङलाई सिंहदरबारमा आगजनी र देशव्यापी अराजकता फैलाउन भूमिका खेलेको आरोप लगाउँदै तत्काल पक्राउ गर्न माग गरिएको छ। “देश जलाउने, विदेशी दलाल हत्यारा — तत्काल पक्राउ गर” भन्ने नारासहितका पोस्टर र ब्यानरहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्।

यो अभियान ओली–लेखक पक्राउ माग्ने डिजिटल आन्दोलनको प्रतिवादका रूपमा देखिएको हो। जेन–जी आन्दोलनमा दमनको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि लगाउने पक्षहरू अभियुक्तहरू पक्राउ गर्नुपर्ने भन्दै सशक्त रूपमा अभियान चलाइरहेका थिए। तर, नयाँ अभियानका सहभागीहरूका अनुसार देशमा हिंसा, आगजनी र तोडफोड गराउनेहरूलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने बेला आएको हो।

विश्लेषकहरूले यी दुई आन्दोलनलाई सामाजिक सञ्जालमा भइरहेको ‘डिजिटल द्वन्द्व’ को नयाँ रूप भनेका छन्। एक पक्षले राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर गर्न खोज्दैछ भने अर्को पक्षले त्यही आन्दोलनका नाममा हिंसा र विध्वंस गर्नेहरूलाई कारबाहीको माग गर्दैछ।

यसैबीच, प्रहरीको साइबर युनिटले दुबै पक्षका गतिविधि र प्रचार सामग्रीलाई नजिकबाट निगरानी गर्न थालेको स्रोतले जनाएको छ। हिंसालाई उक्साउने, घृणापूर्ण अभिव्यक्ति वा व्यक्तिको सुरक्षा जोखिम हुने सामग्री सार्वजनिक नगर्न चेतावनी दिइएको छ।

सामाजिक सञ्जालमा तीव्र बन्दै गएको यस बहसले अब नेपालको डिजिटल राजनीतिक संस्कृतिमा नयाँ ध्रुवीकरण सुरु भएको संकेत दिएको विश्लेषकहरूको मूल्याङ्कन छ ।

स्रोत:- हलचल खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP