सुरजको रचना र विनोदको स्वरमा ‘यहीँ दुःख गरम्ला…’ (भिडियो) – Sarangi News

पोखरा, कार्तिक २२ गते । गीतकार सुरज उपाध्यायको रचना र गायक विनोद बानियाको स्वरमा रहेको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ ।
गीतकार प्रतिष्ठानद्वारा पोखरामा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । गीतमा सङ्गीत पनि गायक बानियाकै रहेको छ । विदेश जाने क्रम बढिरहेको अवस्थामा स्वदेशमै दुःख गरेर भए पनि बाँच्नुपर्ने भाव समेटिएको गीतले नयाँ पुस्तालाई विदेश जानबाट किन रोक्न सकिएन भन्ने प्रश्न उठाएको छ । गीतकार उपाध्यायले ग्रामीण जीवनको यथार्थ घटनाबाट प्रेरित भएर लेखिएको गीतले मनोरञ्जन मात्र नभई सन्देश पनि दिने विश्वास व्यक्त गरे ।
गायक बानियाले आफूलाई मन परेको गीतमध्ये यो पनि एक भएको भन्दै गीतले आम दर्शकलाई मात्र होइन, सत्ता सञ्चालकलाई समेत एक पटक सोच्न बाध्य बनाउने धारणा राखे । उनले सुरजको गीतले आफ्नो मन छोएकाले गीत तयार पारिएको अनुभव सुनाए ।
कार्यक्रमका प्रमुख अतिथि गीतकार तीर्थ श्रेष्ठले विनोद र सुरज पोखरामै बसेर नेपाली साहित्य र सङ्गीतका लागि गरेको योगदान अविस्मरणीय रहेको बताए । गीत लेखन कष्टकर यात्रा भएको भन्दै उनले गायक तथा सङ्गीतकारले यो मर्मलाई बुझेर प्रस्तुत गर्दा मात्र आम स्रोताले मन पराउने विचार राखे । उनले यो गीतका शब्दमाथि गायन, दृश्याङ्कन र अभिनयको तालमेल मिलेकाले पनि सफल बन्ने विश्वास व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षताम भएको कार्यक्रममा कलाकार तथा निर्देशक अनुप बराल, अर्का कलाकार प्रकाश घिमिरे म्युजिक भिडियोका निर्देशक नेत्र गुरुङलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।
काव्यालयका लागि विक्रम कार्कीको प्रस्तुति रहेको गीतमा कार्कीसँगै सुषमा श्रेष्ठको अभिनय, मिलन शङ्करको छायाङ्कन तथा राजेश विष्टको सङ्गीत संयोजन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन

करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन

२३ औँ कायापलट रनिङ सिल्डको उपाधि आयोजकलाई

‘सरुभक्तका कविता’ सार्वजनिक

शान्ति आधारभूत विद्यालयको ६९औँ वार्षिकोत्सव


TOP