Trend
श्रावण महिनाको सोमबारको विशेष तयारी; ईशानेश्वर महादेव मन्दिरमा।  ||   गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण  ||   कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग  ||   कास्की रुपाको बजेट झन्डै साढे ५५ करोड, युवा रोजगार र किसान लक्षीत।  ||   मर्स्याङ्दी गाउपालिकाको आ.व . २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत।  ||   अन्नपूर्ण गाउपालिकाले आ व ८३/८४ को लागि रु ६५ करोड ५० लाखको ऐतिहासिक बजेट ल्यायो।  ||   मध्यनेपाल नगरपालिकाले आर्थिक बर्ष ८३/८४ नीति तथा कार्यक्रम ल्यायो।  ||   रास्वपाले ल्यायो स्थानिय तह बचाउन पोख्रेल।  ||  
बिहिबार , असार ३२, २०८३
सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम – Sarangi News
पोखरा, मङ्सिर २७ गते । पोखरा–१०, बुद्धचोकस्थित सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकलासम्बन्धी दुईहप्ते तालिम शनिवार सम्पन्न भएको छ ।

तालिममा अनुपम म्युजिक तथा कास्की मल्टिमिडियाका प्रबन्ध निर्देशक अनुराग अधिकारीले सहजीकरण गरेका थिए । अधिकारीले आफूले विद्यार्थीको चाहना, आवश्यकता र क्षमतालाई मध्यनजर राखेर प्रशिक्षण गरेको अनुभव सुनाए ।
विद्यालयका संस्थापक तथा निर्देशक खिमबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्रकी प्रमुख शान्ति गुरुङले सोसल पब्लिकले विद्यार्थीलाई जीवन सिकाउने अभियान सञ्चालन गरेको भनाइ राखिन् । विद्यार्थीको प्रतिभा उजागर गर्नका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै गुरुङले सही ठाउँमा सही कुरा सही तरिकाले प्रयोग गर्न भाषणकलाले सिकाउने धारणा राखिन् । बोल्ने कला जीवनको आधारभूत सिप भएकामा उनले जोड दिइन् । आफूभित्रको प्रतिभा चिन्नका लागि आग्रह गर्दै गायिकासमेत रहेकी सञ्चारकर्मी गुरुङले विभेदीकरणबाट मुक्ति पाउनका लागि पनि वाक्कलाको भूमिका रहने भनाइ राखिन् ।
विद्यालयको निर्देशक खिमबहादुर गुरुङले विद्यालयले विद्यार्थीको चौतर्फी प्रतिभा उजागर गर्नका लागि विविध गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । उनले विद्यालयले किताब मात्र नभई जीवन पढाउने अभियान सञ्चालन गरेको भन्दै विद्यार्थीकेन्द्रित गतिविधिमा विद्यालयले जोड दिएको बताए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सिद्धार्थ शर्मा, साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावी, अभिभावक रियाज गुरुङ र प्रज्वल भित्रकोटीले शुभकामना दिएका थिए । प्रशिक्षार्थीहरू आरूषी बानिया र दीपिका क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा निस्मा केसी, श्रीयाज गुरुङ, ग्रीष्मा शर्मा, अस्मिता सुनार, प्रियङ्का गुरुङ, रीति बरुवाल र दीक्षा थापाले प्रशिक्षणको अनुभव सुनाएका थिए ।

तालिममा कक्षा ६ देखि १० सम्मका ४५ जना विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP