Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
रूपाका विद्यार्थीलाई पोखराका भण्डारी र कडेलद्वारा न्यानो कपडा र स्टेसनरी – Sarangi News

पोखरा, पुस १० गते । रूपा गाउँपालिका, वडा नम्बर ३ स्थित माईमैदान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण गरिएको छ ।

जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा २९ का क्याम्पस सञ्चालक समितिका अध्यक्षका अध्यक्ष तथा नेपाल शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष विजयराज भण्डारी र नेपाल शिक्षक महासङ्घका निवर्तमान सचिव मनिराम कडेलले संयुक्त रूपमा २५ जना विद्यार्थीहरू सामग्री वितरण गरेका हुन् । व्यक्तिगत रूपमै दुवै जनाले रकम खर्च गरी विद्यार्थीलाई सहयोग गरेका हुन् ।

नेपाल ट्रेड युनियन काङ्ग्रेस, कास्कीका निवर्तमान अध्यक्षसमेत रहेका भण्डारीले आफूले पनि लामो समयसम्म अध्यापन गरेको र विद्यार्थीहरूलाई सानै भए पनि सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि प्राप्त हुने भएकाले सहयोग गरेको बताए ।

ट्रेड युनियन काङ्ग्रेसकै वरिष्ठ उपाध्यक्षसमेत रहेका कडेलले विद्यार्थीलाई भविष्य निर्माणका लागि प्रेरणा प्रदान गर्नका लागि सामग्री वितरण गरेको बताए । शान्ति आधारभूत विद्यालय, पोखरा-३० का प्रधानाध्यापक कडेलले आगामी दिनमा पनि विद्यालय र विद्यार्थीका लागि सहयोग गर्न आफू तयार रहेको धारणा राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवेन्द्रकुमार श्रेष्ठले आफ्नो विद्यालयका विद्यार्थीका लागि शैक्षिक नेताद्वयको सहयोग अविस्मरणीय रहने भन्दै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा प्रधानाध्यापक अमरबहादुर विश्वकर्मा र पूर्वप्रधानाध्यापक भरत केसीले पनि दाताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP