Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
छोरेपाटनमा ज्योति विकास बैङ्कद्वारा वित्तीय साक्षरता – Sarangi News

पोखरा, चैत २ गते । ज्योति विकास बैङ्कले छोरेपाटन मावि, पोखरा-१७ का विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सोमवार सम्पन्न गरेको छ ।

ग्लोबल मनि विक २०२६ को अवसरमा बैङ्कले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको पोखरा शाखाका प्रबन्धक रेशमलाल श्रेष्ठले जानकारी दिए । छोरेपाटन माविमा कक्ष ११ र १२ मा व्यवस्थापन समूहमा अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालन गरिएको कार्यक्रममा बुद्धिमानीपूर्वक आर्थिक योजना निर्माण गर्नुपर्ने, आजको स्मार्ट छनोटले भविष्य सुरक्षित हुनेलगायतका विषयमा छलफल भएको थियो ।

बैङ्कले ‘स्मार्ट मनी टक्स’  भन्ने मुख्य नारालाई आत्मसात् गर्दै मार्च १६ देखि मार्च २२, २०२६ सम्म मुलुकका सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत सप्ताहव्यापी रूपमा विद्यार्थी तथा युवालाई लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैङ्किङ, बिमा, लगानी, अतिरिक्त बैङ्किङ सेवा, वित्तीय ठगीबाट बच्ने उपाय तथा वित्तीय अनुशासनसम्बन्धी विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो । कार्यक्रममा शाखा प्रबन्धक रेशमलाल श्रेष्ठ, सेवाग्राही विभागकी नीलु रानाभाट र अपरेसन इन्चार्ज सरस्वती बरालले सहजीकरण गरेका थिए

बैङ्कले नेपाली नागरिकहरूलाई विभिन्न बैंकिङ सेवाहरू प्रदान गर्नुका साथै संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको प्रबन्धक रेशमलाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बैङ्कको गण्डकी प्रदेशका जनसम्पर्क प्रबन्धक शिव पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP