Trend
अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||   साहित्यकार रानाभाट र गायक पौडेल अब व्यवसायी पनि  ||  
आइतबार , भाद्र २१, २०८३
तनहुँको थप्रेकमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर – Sarangi News

पोखरा । नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखाको आयोजनामा शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित थप्रेक स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शुक्ला गण्डकी नगरपालिका वडा नं १ को आर्थिक सहयोगमा गरिएको शिविरमा गण्डकी मेडिकल कलेज अर्घौका बरिष्ठ फिजिसियन डा.सुखबहादुर गुरुङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.बुद्धिराज गुरुङले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । उक्त अवसरमा थप्रेक स्वास्थ्य चौकी इन्चार्ज रियाज अन्सारीले रक्तचाप एवम् तौल परीक्षण गर्नुभयो भने अनमी वविता भट्टराई, अहेव वावुराम वाग्ले र उदय पगेनीले औषधी वितरणमा सहजीकरण गर्नुभएको थियो । उक्त शिविरमा १५० जनाको स्वास्थ्य परीक्षण गरिएको र करिब दुई लाख रुपैयाँ बराबरका औषधी वितरण गरिएको उपशाखाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व कार्यबाहक सभापति डिल्लीराम अधिकारीले रेडक्रसका संस्थापक हेनरी ड्युनाले तत्कालीन समयमा लडाइमा परेका घाइतेको दयनीय अवस्था देखेर यो संस्था स्थापना गर्नुभएको स्मरण गर्नुभयो ।

शुक्लागण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले ज्येष्ठ नागरिकका सेवाका लागि वडा कार्यालयका तर्फबाट निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । चिकित्सकद्वय सुखबहादुर गुरुङ र बुद्धिराज गुरुङले जन्मभूमिमा आएर निशुल्क सेवा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन इच्छुक रहेको उहाँले बताउनुभयो ।

उपशाखाका अध्यक्ष समशेरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ठाकुरप्रसाद खनालले गर्नुभयो भने स्वागत ममिता गुरुङले गर्नुभयो । उक्त शिविरमा ग्यालेक्सी हस्पिटल प्रा.लि., एकड फर्मासिटिकल्स लिमिटेड, वेष्ट फर्मासिटिकल्स, समर फर्मासिटिकल्स, इन्डोकोमी फर्मासिटिकल्स, कोरेल फर्मासिटिकल्स, सानवी फर्मासिटिकल्स, ट्युमेड फर्मासिटिकल्स, सुमी फर्मासिटिकल्स लगायतले औषधी सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।

जिताकोट साउने सक्रान्ती मेला शुरु, ४० टिमको सहभागीता।

सुन्दरबजारमा प्रथम खुल्ला तिज गित प्रतियोगिता हुँदै।

भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।

कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग

मिस नेपालमा पोखरेली चेली सङ्गीता पौडेल


TOP