तनहुँको थप्रेकमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर – Sarangi News

पोखरा । नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखाको आयोजनामा शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित थप्रेक स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शुक्ला गण्डकी नगरपालिका वडा नं १ को आर्थिक सहयोगमा गरिएको शिविरमा गण्डकी मेडिकल कलेज अर्घौका बरिष्ठ फिजिसियन डा.सुखबहादुर गुरुङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.बुद्धिराज गुरुङले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । उक्त अवसरमा थप्रेक स्वास्थ्य चौकी इन्चार्ज रियाज अन्सारीले रक्तचाप एवम् तौल परीक्षण गर्नुभयो भने अनमी वविता भट्टराई, अहेव वावुराम वाग्ले र उदय पगेनीले औषधी वितरणमा सहजीकरण गर्नुभएको थियो । उक्त शिविरमा १५० जनाको स्वास्थ्य परीक्षण गरिएको र करिब दुई लाख रुपैयाँ बराबरका औषधी वितरण गरिएको उपशाखाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व कार्यबाहक सभापति डिल्लीराम अधिकारीले रेडक्रसका संस्थापक हेनरी ड्युनाले तत्कालीन समयमा लडाइमा परेका घाइतेको दयनीय अवस्था देखेर यो संस्था स्थापना गर्नुभएको स्मरण गर्नुभयो ।

शुक्लागण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले ज्येष्ठ नागरिकका सेवाका लागि वडा कार्यालयका तर्फबाट निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । चिकित्सकद्वय सुखबहादुर गुरुङ र बुद्धिराज गुरुङले जन्मभूमिमा आएर निशुल्क सेवा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन इच्छुक रहेको उहाँले बताउनुभयो ।

उपशाखाका अध्यक्ष समशेरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ठाकुरप्रसाद खनालले गर्नुभयो भने स्वागत ममिता गुरुङले गर्नुभयो । उक्त शिविरमा ग्यालेक्सी हस्पिटल प्रा.लि., एकड फर्मासिटिकल्स लिमिटेड, वेष्ट फर्मासिटिकल्स, समर फर्मासिटिकल्स, इन्डोकोमी फर्मासिटिकल्स, कोरेल फर्मासिटिकल्स, सानवी फर्मासिटिकल्स, ट्युमेड फर्मासिटिकल्स, सुमी फर्मासिटिकल्स लगायतले औषधी सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP