भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ। – Sarangi News

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साउन ७ गते राति करिब १०:३० बजे अज्ञात व्यक्तिले रिस्ती खोलाको पुल नजिक रहेको भानु घाँसी संवाद पार्कभित्रका दुवै सालिकमा तोडफोड गरी क्षति पुर्‍याएका थिए। घटनाको अनुसन्धानका क्रममा संलग्न रहेको आरोपमा तनहुँको व्यास नगरपालिका–७ स्थायी घर भएका ३४ वर्षीय रोशन कुँवरलाई इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको कमाण्डमा खटिएको टोलीले साउन ८ गते पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP