Trend
ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||   शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष भण्डारीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री  ||   श्रावण महिनाको पहिलो सोमबार ईशानेश्वर महादेव मन्दिरमा ८० हजार दान संकलन।  ||   हरित विद्यालयसम्बन्धी गण्डकी प्रदेशस्तरीय तालिम पोखरामा  ||   जिताकोट साउने सक्रान्ती मेला शुरु, ४० टिमको सहभागीता।  ||  
मंगलबार , साउन १२, २०८३
ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन। – Sarangi News

मध्यनेपाल(लमजुङ)- लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ०७ करापुटारमा रहेको ऐतिहासिक धार्मिक स्थल ईशानेश्वर महादेव मन्दिरमा हिजो दोस्रो सोमबार श्रद्धालु भक्तजनहरुको उपस्थिति अत्याधिक मात्रामा रहेको थियो। भने श्रद्दालु भक्तजनहरुबाट १ लाख १४ हजार २ सय ५३ रुपैया दान संकलन भएको ईशानेश्वर महादेव क्षेत्र  बिकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताउनु भएको थियो।

 बिहानै देखी श्रद्दालु भक्तजनहरुको उपस्थिती भजन कृतन र नाँचगानले महादेव मन्दिर परिसर पवित्र धार्मिक स्थलको रुपमा चम्किदै गुन्जिदै थियो। त्यस्तै गरेर मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेश कुमार पाण्डे ज्युको प्रमुख आतिथ्यमा र भजन गायक प्रजापती पराजुलिको विशेष उपस्थितिमा राष्ट्रिय भजन चुड्का प्रतिष्ठानको पदस्थापन कार्ययक्रम भएको थियो।

उक्त कार्यक्रममा प्रसाद बितरणमा लागेको आर्थिक व्यवस्थापन मध्यनेपाल ७ हाल काठमाडौ निवासी बिश्वचन्द्र घिमिरेले गर्नु थियो  भने श्रद्दालु भक्तजनहरुलाई प्रसाद बितरण एवम चियापानको ब्यवस्था पन्चबुद्ध तमु समाजले गरेका थिए।

त्यस्तै गरेर सोमबार साँझमा दिव्य महाआरती कार्यक्रममा पण्डित   दिलिप उपाध्याय, बिकास पौडेल, बिमल आचार्य, सुरेश सापकोटा र रवि लामिछानेको समुहले आरती पुजा आरधना गर्नु भएको थियो भने कर्ताका रुपमा गितादेबि घिमिरे, लिला केसि र श्रीतोश घिमिरे हुनु हुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP