सुन्दरबजार(लमजुङ) – लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ०७ मा महिलाहरुको चाड हरितालिका तिजको अवसरमा आगामी भाद्र २० गते प्रथम खुल्ला तिज प्रतियोगिता हुने भएकोछ। माछापुछ्रे टोल बिकास सस्थाको आयोजनामा हुने उक्त प्रतियोगितामा लमजुङले जन्माएको मीठो आवाजका धनी लोक सम्राट राजु परियारको विशेष उपस्थिती सहित अन्य कलाकारको उपस्थिति रहने भएको छ भने कार्यक्रम गण्डकी प्रदेश सरकारका निवर्तमान वन मन्त्री एवम गण्डकी प्रदेश सभाका सदस्य माननीय भेष बहादुर पौडेलको प्रमुख आतिथ्यमा हुने सस्थाका अध्यक्ष नारायण थापाले बताउनु भएको थियो।
बालज्योती बोर्डिङको प्राङ्गणमा हुने उक्त कार्यक्रममा सहभागी हुने महिला समुहहरुले थोरैमा ४ जना र बढिमा ८ जनाको समूहमा टिम दर्ता गर्नु पर्नेछ साथमा नृत्य प्रस्तुत गर्न पाउनेछन जसमा उत्कृष्ट नृत्यलाई पुरस्कारको छुट्टै व्यवस्था गरिएको छ। टिम दर्ता भाद्र १९ गते बेलुकासम्म गर्नु पर्नेछ भने दर्ता शुल्क प्रती समुहको रु ५००/- लाग्नेछ। दर्ता फोन सम्पर्क मार्फत गर्न सकिने सस्थाका अध्यक्ष थापले बताउनु भएको थियो। फोन सम्पर्क नम्बर ९८६०९१५४०९, ९८५६०६७१५३, ९८१८२६४१२५, ९८४६१४५९१३ आदिमा सम्पर्क गरि दर्ता गर्न सकिनेछ।

स्थानिय तथा राष्ट्रिय कलाकरहरुको प्रस्तुति सहित रहने उक्त प्रतियोगिताको पुरस्कार प्रथम पुरस्कार नगद रु २० हजार र प्रमाणपत्र, दित्तिय पुरस्कार नगद रु १४ हजार र प्रमाणपत्र तृतीय पुरस्कार नगद रु १० हजार र प्रमाणपत्र, सान्त्वना तर्फ ५ हजार ५ सय रुपैया र प्रमाणपत्रको त्यस्तै गरेर उत्कृष्ट नृत्य नगद रु २ हजर ३ सय रुपैया र प्रमाणपत्र रहेको छ।











