Trend
अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||   साहित्यकार रानाभाट र गायक पौडेल अब व्यवसायी पनि  ||  
आइतबार , भाद्र २१, २०८३
‘शिक्षा’ पढाउने शिक्षकबाटै नाबालिक बलात्कार, ५२ हजारमा गर्भपतन – Sarangi News

शिक्षा दिने कतिपय शिक्षकनै विद्यार्थीलाई बलात्कार गरेको घटनामा मुछिरहेका छन् । जुन पदीय मर्यादाविपरीतको आपराधिक घटना हो । यस्तै घटनासँग सम्बन्धित एउटा मुद्दा अर्घाखाँची जिल्ला अदालतमा शुक्रबार दर्ता भएको छ । उक्त बलात्कारसम्बन्धी मुद्दाको प्रतिवादी भने २७ वर्षीय ठाकुरप्रसाद भुसाल हुन् । उनको पेसा शिक्षण हो । कक्षा १० मा उनले पढाउने विषय ‘शिक्षा’ हो । सोही कक्षामा पढ्ने एक विद्यार्थीलाई बलात्कार गरेर गर्भपतन गराएको आरोप उनीमाथि छ ।

सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानको आधारमा तयार गरेको अभियोगपत्रमा ती विद्यार्थीको बयान उल्लेख भएअनुसार भुसालले गत १९ पुसमा ‘नोटकपी’ लिन बोलाए । बोलाएको स्थान विद्यार्थीको घरदेखि पैदल ५–७ मिनेटको दुरीमा पर्छ । समय साँझको करिब ६ बजे । उनी गइन् र भेट भयो शिक्षक भुसालसँग । भुसाले भने, ‘बाटोमा कसैले देखे भने कुरा काट्छन्, हिँड उता जाऔँ ।’ यसपछि दुवै जना एकातिर मोटरबाटो र अर्कोतिर गोरेटो बाटोबीचको जङ्गलमा गए । जहाँ भुसालले नोटकपी दिए ।ती विद्यार्थीका अनुसार त्यसपछि भुसालले ओठ चुस्नेदेखि स्तन खेलाउनेलगायतका हर्कत गर्न थाले । अन्ततः इच्चाविपरीत दुईचोटी बलात्कार गरे ।

बलात्कारपछि विद्यार्थीलाई भुसालले ‘म छु नडरा’ भनेको अभियोगपत्रमा उल्लेख छ । शिक्षक भुसालले फेरि सोही ठाउँमा बोलाएर त्यसपछि पनि दुईपटक बलात्कार गरेको ती विद्यार्थीले आरोप लगाएकी छिन् । भुसालले बलात्कार गर्दा नै गर्भ बसेको विद्यार्थीले बयानमा भनेकी छिन् ।

प्रतिवादी भुसालले भने बलात्कारको आरोपलाई अस्वीकार गरेका छन् । उनले भनेका छन्, – सल्लाहअनुसार यौनसम्पर्क राखिएको हो । कानुनअनुसार इच्छाविपरीत वा १८ वर्षभन्दा कम उमेरका नाबालिकासँग सहमतिमै यौनसम्पर्क राखे बलात्कार मानिन्छ ।

ती विद्यार्थी नाबालिका हुन् । सोही कारण सल्लाहअनुसार यौन सम्पर्क भएको जिकिर भुसालको भए पनि प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध बलात्कारसम्बन्धी मुद्दा अदालतमा अभियोजन गरेको हो ।

वकिल कार्यालयको अभियोगपत्रमा ती विद्यार्थीको गर्भपतन गत १७ फागुनमा बुटवलमा रहेको छायाँ क्लिनीक प्रालिमा भएको र सो क्रममा ५२ हजार रुपैयाँ खर्च भएको विवरण उल्लेख छ ।

वकिल कार्यालयले भुसालविरुद्ध बलात्कारसम्बन्धी मुद्दामा १४ वर्षसम्म कैद, शिक्षक भएकोले त्यसमा थप चार वर्ष कैद र ४० हजार रूपैयाँ जरिवानासँगै गर्भपतनसम्बन्धी मुद्दामा थप तीन वर्ष कैद र ३० हजार जरिवानाको माग दावी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।

जिताकोट साउने सक्रान्ती मेला शुरु, ४० टिमको सहभागीता।

सुन्दरबजारमा प्रथम खुल्ला तिज गित प्रतियोगिता हुँदै।

भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।

कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग

मिस नेपालमा पोखरेली चेली सङ्गीता पौडेल


TOP