पहिलो सेवाग्राहीलाई पान हस्तान्तरण गर्दै नगर प्रमुख- पाण्डे। – Sarangi News

मध्यनेपाल(लमजुङ), लमजुङको मध्यनेपाल नगरपालिकाले कर दाता सेवा प्रणाली शुरु गरे पश्चात पहिलो “दिव्या किराना तथा खाजा घर” नामक पसलको व्यावसायिक पान नं मध्यनेपाल नगरपालिका वडा नं ०४ कि दिव्या कुमालले आज निकालेकी हुन। असोज १ गते देखि सहमती सम्झौता अनुरुप अगाडि बढेको सेवा प्रणाली आज पान नं निकाल्ने पहिलो ब्यक्ती कुमालाई व्यवसायिक यात्रा सफल रहोस भन्दै नगर प्रमुख रमेश कुमार पाण्डे ज्युले हस्तान्तरण गर्नु भएको हो।

त्यस्तै गरेर करदाता सेवा प्रणाली शुरु भएको जानाकारी पाए पश्चात सेवाग्राहीहरुले कार्यलयमा आएर आफ्नो पेशा व्यवसायको बारेमा चासो लिएको र दर्ता नगरी चलाउलाएका तथा टाढा जानपर्ने झनझटले गर्दा दर्ता नगरेकाहरुले चासो देखाई कार्यलय आए प्रक्रिया अगाडि बढाको मध्यनेपाल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला ज्युले बताउनु भएको थियो। साथै उक्त शाखामा काम गर्ने कर्मचारीहरुलाई  लगायत अफिस कर्मचारीहरुलाई चुस्त दुरुस्त काम गर्न निर्देशन दिएको बताउनु भएको थियो।

उक्त सेवा सन्चालनमा आए लगत्तै टाढाटाढा रहेको कर कार्यलय खोज्दै भौतारिन धाउन पर्ने समस्या देखि ढुक्क रहेको स्थानीयहरु बताउछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP