Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
दीपेन्द्रकाे नयाँ कीर्तिमानसंगै त्रिदेशीय टी-२० श्रृंखलाकाे उपाधि नेपाललाई – Sarangi News

पाेखरा । 
नेपालले टी-२० त्रिदेशीय क्रिकेट शृंखला जितेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै नेपालले पहिलो पटक टी-२० त्रिदेशीय शृंखला जितेको हो ।

नेपालले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै ११८ रनमा समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रनको योगफल तयार पारेको थियो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे । ब्याटिङतर्फ नटआउट ५४ रन बनाएका दीपेन्द्रले बलिङमा पनि चार विकेट लिए । दिपेन्द्र सोमबारको खेलको म्यान अफ द म्याच र प्लेयर अफ द सिरिज भए । यस्तै, करण केसीले ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट लिए ।पपुवा न्युगनीका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । अन्य ब्याटरले उनलाई साथ नदिएपछि नेपालले सहजै उपाधि जितेको हो ।

यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाए । यस्तै, आसिफ शेखले २९ रनको योगदान दिँदा कुशल भुर्तेलले २५ रन बनाए । आरिफ शेख र दिलिप नाथ शून्यमा आउट भए । आदिल अन्सारीले १५ रन बनाए भने विस्फोटक ब्याटिङ गरेका करण केसीले १२ बलमा ३३ रन बनाए ।नेपाल लिग चरणका चारै खेल जितेर र पपुपा न्युगिनी एक खेलमा जित हात पारेर मलेसियालाई रनरेटमा पाखा लगाउँदै फाइनलमा पुगेको थियो । सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो पटक शृंखला जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP