Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
शुक्रबार , साउन २२, २०८३
दीपेन्द्रकाे नयाँ कीर्तिमानसंगै त्रिदेशीय टी-२० श्रृंखलाकाे उपाधि नेपाललाई – Sarangi News

पाेखरा । 
नेपालले टी-२० त्रिदेशीय क्रिकेट शृंखला जितेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै नेपालले पहिलो पटक टी-२० त्रिदेशीय शृंखला जितेको हो ।

नेपालले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै ११८ रनमा समेटियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रनको योगफल तयार पारेको थियो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरे । ब्याटिङतर्फ नटआउट ५४ रन बनाएका दीपेन्द्रले बलिङमा पनि चार विकेट लिए । दिपेन्द्र सोमबारको खेलको म्यान अफ द म्याच र प्लेयर अफ द सिरिज भए । यस्तै, करण केसीले ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट लिए ।पपुवा न्युगनीका लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । अन्य ब्याटरले उनलाई साथ नदिएपछि नेपालले सहजै उपाधि जितेको हो ।

यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाए । यस्तै, आसिफ शेखले २९ रनको योगदान दिँदा कुशल भुर्तेलले २५ रन बनाए । आरिफ शेख र दिलिप नाथ शून्यमा आउट भए । आदिल अन्सारीले १५ रन बनाए भने विस्फोटक ब्याटिङ गरेका करण केसीले १२ बलमा ३३ रन बनाए ।नेपाल लिग चरणका चारै खेल जितेर र पपुपा न्युगिनी एक खेलमा जित हात पारेर मलेसियालाई रनरेटमा पाखा लगाउँदै फाइनलमा पुगेको थियो । सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो पटक शृंखला जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP