Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
शनिबार , भाद्र २७, २०८३
सुन्दर अनुहारका लागि सेल्फी खतरा, यति सम्म हुँदाेरहेछ – Sarangi News

सेल्फीको चलन तीब्र रुपमा बढिरहेको छ । मानिस हरेक वर्ष औसतमा ४५० वटा सेल्फी लिइरहेका छन् तर एक अनुसन्धानका अनुसार यस्तो गर्दा फोटोमा अनुहार बिग्रन सक्छ । युनिभर्सिटी अफ टेक्सास साउथवेस्टर्न मेडिकल सेन्टरका अनुसन्धाताले बताए अनुसार सेल्फीले तपाईंको अनुहार बिगारिदिन्छ जसले तपाईंको नाम सामान्य तस्बिरको तुलनामा लामो र चौडा देखाउँछ ।

बेलायतमा नाकको शल्यक्रिया, जसलाई राइनोप्लास्टी पनि भनिन्छ, कस्मेटिक सर्जरीमा सबैभन्दा बढी लोकप्रिय छ । अनुसन्धाताका अनुसार सेल्फीको लोकप्रियताका बीच राइनोप्लास्टी गराउनेको संख्या बढेको छ ।

सेल्फीमा अनुहार बिग्रिएको देख्छन् र शल्यक्रिया गर्न जान्छन्ः

शोधमा समूहलाई नेतृत्व गर्ने डा. बर्दिया अमिरलाकले भने, ‘सेल्फीको शौख र राइनोप्लास्टीबीच विशेष सम्बन्ध छ । जब सेल्फीमा मानिसको अनुहार खराब देखिन्छ तब उनीहरु शल्यक्रिया गराउन पुग्छन् । ’

अनुसन्धानमा समावेश ३० सहभागीले सेल्फीले अनुहारलाई कसरी प्रभावित गर्छ भन्नेबारे जान्ने कोसिस गरे । सहभागीले ३ मध्ये दुई सेल्फी १२ र १८ इन्चको दुरीमा फ्रन्ट क्यामराले खिचियो र एउटा सेल्फी ५ फिटको दुरीमा एउटा डिजिटल क्यामराबाट खिचियो । यी तीनै फोटो एकैपटक खिचियो ।

सेल्फीले स्वास्थ्यमा असर पार्नेः

डिजिटल क्यामराबाट लिइएको फोटोको तुलनामा १२ इन्चको दुरीबाट खिचिएको सेल्फीमा नाक ६.४ प्रतिशत लामो र १८ इन्चको दुरीबाट खिचिएको सेल्फीमा ४.३ प्रतिशत लामो देखियो । १२ इन्चको दुरीबाट खिचिएको सेल्फीमा चिउँडोको लम्बाई पनि औसत १२ प्रतिशत कम पाइयो । यसमा नाक र चिउँडोको लम्बाईको अनुपातमा १७ प्रतिशतको वृद्धि भयो । अनुसन्धाताले सेल्फीमा अनुहार खराब देखिँदा मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP