नेराशिसंको वार्षिकोत्सवको अवसरमा शिक्षकलाई सम्मान – Sarangi News

जुना थापा
 पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको २० अौं राष्ट्रिय परिषद तथा संगठनको ४३ अौं वार्षिकोत्सव (शिक्षक दिवस) को अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

वार्षिकोत्सवको अवसरमा संगठनले कास्कीका सामुदायिक विद्यालयमा निरन्तर शिक्षण र विद्यालयको समुन्नतिमा पुर्याएको योगदानका आधारमा उत्कृष्ट शिक्षक सम्मान, कोभिडका बेला देशैभरका कक्षा १० का एसईई विद्यार्थी लक्षित अनलाइन सिकाइ केन्द्रमा निशुल्क सिकाइ सहजीकरण गर्ने शिक्षकहरुलाई सम्मान, अक्षयकोषदाता सम्मान, उत्कृष्ट विद्यार्थी सम्मान तथा विविध कार्यक्रम गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व मन्त्री तथा नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले नेपालको राजनीतिमा शिक्षकले खेलेको भूमिका सधैँ महत्त्वपूर्ण रहेको र नेकपा एमालेका लागि अब आउने चुनाव चुनौतीपूर्ण रहेको हुँदा आउने चुनावमा उल्लेखीय भूमिका निर्वाह गर्नेमा विस्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा सांगठनिक प्रतिवेदन नेराशिसंका सचिव तिर्थराज ढकालले र आर्थिक प्रतिवेदन नेराशिसंका कोषाध्यक्ष यामनाथ सुवेदीले प्रस्तुत गरि सर्वसम्मतिले पारित गरिएको आइसिटी विभाग संयोजक दामोदर तिमिल्सिनाले बताउनुभयो ।

कार्यक्रममा सांगठनिक प्रतिवेदन नेराशिसंका सचिव तिर्थराज ढकालले र आर्थिक प्रतिवेदन नेराशिसंका कोषाध्यक्ष यामनाथ सुवेदीले प्रस्तुत गरि सर्वसम्मतिले पारित गरिएको आइसिटी विभाग संयोजक दामोदर तिमिल्सिनाले बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि शिक्षा समन्वय इकाइ प्रमुख नारायणप्रसाद सुवेदी, मानवीय मनबहादुर गुरुङ, नेकपा गण्डकी प्रेस सचिवालय सदस्य दिपक पौडेल, नेपाल पेसागत संगठन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगरका अध्यक्ष विष्णुहरि त्रिपाठीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा शिक्षक सहकारीका बारेमा सहकारीका अध्यक्ष उमनाथ गौतमले सहकारीको वर्तमान अवस्था र भमवी रणनीतिका बारेमा बताउनुभयो । लक्ष्मी मावि अर्घौँका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

नेराशिसं कास्कीका अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष वसुन्धरा पौडेलले स्वागत, उपाध्यक्ष हर्क लामिछानेले धन्यवाद ज्ञापन र सचिव तिर्थराज ढकालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP