Trend
अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||   साहित्यकार रानाभाट र गायक पौडेल अब व्यवसायी पनि  ||  
आइतबार , भाद्र २१, २०८३
६० वर्षको उमेरमा ३० वर्षजस्तै तन्नेरी ! – Sarangi News

काठमाडौं । वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका छन् जसबाट तपाईको उमेर ३० वर्ष घट्नेछ अर्थात् यदि तपाई ६० वर्षको हुनुहुन्छ भने ३० वर्षको जस्तै तन्नेरी देखिनुहुनेछ ।

बेलायतको बाब्राहाम इन्स्टिच्युटका वैज्ञानिकहरु वृद्धलाई तन्नेरी बनाइदिने यस प्रविधिलाई टाइम जम्प नाम दिएका छन् । यो प्रविधिले वृद्ध व्यक्तिको शरीरको छालालाई ३० वर्षे तन्नेरीको जस्तो बनाइदिन्छ र त्यहीँ बमोजिम सक्रियसमेत बन्दछ ।उक्त इन्स्टिच्यूटमा सञ्चालिन इपिजेनेटिक्स अनुसन्धान कार्यक्रम अन्तरगत वैज्ञानिकहरुले मानव सरीरका पूराना कोषिकाहरुलाई नयाँ कोषिकामा पुनर्स्थापित गर्ने कोसिस गरिरहेका छन् । जसबाट अणुको तहमा मानिसले आफ्नो जैविक उमेर नगुमाओस् ।

इ लाइफ जर्नलमा प्रकाशित शोध अनुसार हाल उक्त अनुसन्धान तथा प्रविधि प्रारम्भिक अवस्थामा छ । यसले आगामी दिनमा उमेर कम गराउने रिजेनेरेटिभ औषधिहरुको भविष्य नै परिवर्तन गरिदिने वैज्ञानिकको भनाई छ ।हम्रो उमेर बढ्दै जाँदा हाम्रा शरीरका कोषिकाहरुको काम गर्ने क्षमतामा पनि ह्रास हुँदै जान्छ । सरीरका कोषिका तथा जिनमा समेत बुढोपना आउँदछ । रिजेनेरेटिभ बायोलोजीको उद्धेश्य शरीरका पूराना कोशिकाको ठाउँमा नयाँ कोषिका हाल्नु वा पूरानो कोशिकाको मर्मत गर्नु । यो काममा हाम्रो सरीरले पनि सहयोग गर्दछ । यसलाई इन्ड्युस्ड स्टेम सेल भनिन्छ ।

इन्ड्युस्ट स्टेम कोषिकाको प्रक्रिया विभिन्न चरणमा पूरा हुन्छ । यी कोशिकाहरु यतिधेरै सक्षम हुन्छन् कि कुनैपनि प्रकारका कोशिकामा आफूलाई बदल्न सक्दछन् । जसबाट पूराना कोषिकालाई हटाएर नयाँ कोषिका बन्दछन् ।नोबेल पुरस्कार विजेता वैज्ञानिकद्धारा विकसित यो प्रविधिले बुढ्यौलीपनको समस्यालाई अन्त्य गर्ने क्षमता राख्दछ । सामान्य कोषिकालाई यस प्रकारका रिप्रोग्रामिङ कोशिकामा परिणत गर्ने काम पहिलोपटक सन् २००७ मा शिन्या यामानाकाले गरेका थिए । उनले सामान्य कोशिकालाई इन्ड्युस्ड स्टेम सेलमा बदलिदिएका थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।

जिताकोट साउने सक्रान्ती मेला शुरु, ४० टिमको सहभागीता।

सुन्दरबजारमा प्रथम खुल्ला तिज गित प्रतियोगिता हुँदै।

भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।

कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग

मिस नेपालमा पोखरेली चेली सङ्गीता पौडेल


TOP