Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
६० वर्षको उमेरमा ३० वर्षजस्तै तन्नेरी ! – Sarangi News

काठमाडौं । वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका छन् जसबाट तपाईको उमेर ३० वर्ष घट्नेछ अर्थात् यदि तपाई ६० वर्षको हुनुहुन्छ भने ३० वर्षको जस्तै तन्नेरी देखिनुहुनेछ ।

बेलायतको बाब्राहाम इन्स्टिच्युटका वैज्ञानिकहरु वृद्धलाई तन्नेरी बनाइदिने यस प्रविधिलाई टाइम जम्प नाम दिएका छन् । यो प्रविधिले वृद्ध व्यक्तिको शरीरको छालालाई ३० वर्षे तन्नेरीको जस्तो बनाइदिन्छ र त्यहीँ बमोजिम सक्रियसमेत बन्दछ ।उक्त इन्स्टिच्यूटमा सञ्चालिन इपिजेनेटिक्स अनुसन्धान कार्यक्रम अन्तरगत वैज्ञानिकहरुले मानव सरीरका पूराना कोषिकाहरुलाई नयाँ कोषिकामा पुनर्स्थापित गर्ने कोसिस गरिरहेका छन् । जसबाट अणुको तहमा मानिसले आफ्नो जैविक उमेर नगुमाओस् ।

इ लाइफ जर्नलमा प्रकाशित शोध अनुसार हाल उक्त अनुसन्धान तथा प्रविधि प्रारम्भिक अवस्थामा छ । यसले आगामी दिनमा उमेर कम गराउने रिजेनेरेटिभ औषधिहरुको भविष्य नै परिवर्तन गरिदिने वैज्ञानिकको भनाई छ ।हम्रो उमेर बढ्दै जाँदा हाम्रा शरीरका कोषिकाहरुको काम गर्ने क्षमतामा पनि ह्रास हुँदै जान्छ । सरीरका कोषिका तथा जिनमा समेत बुढोपना आउँदछ । रिजेनेरेटिभ बायोलोजीको उद्धेश्य शरीरका पूराना कोशिकाको ठाउँमा नयाँ कोषिका हाल्नु वा पूरानो कोशिकाको मर्मत गर्नु । यो काममा हाम्रो सरीरले पनि सहयोग गर्दछ । यसलाई इन्ड्युस्ड स्टेम सेल भनिन्छ ।

इन्ड्युस्ट स्टेम कोषिकाको प्रक्रिया विभिन्न चरणमा पूरा हुन्छ । यी कोशिकाहरु यतिधेरै सक्षम हुन्छन् कि कुनैपनि प्रकारका कोशिकामा आफूलाई बदल्न सक्दछन् । जसबाट पूराना कोषिकालाई हटाएर नयाँ कोषिका बन्दछन् ।नोबेल पुरस्कार विजेता वैज्ञानिकद्धारा विकसित यो प्रविधिले बुढ्यौलीपनको समस्यालाई अन्त्य गर्ने क्षमता राख्दछ । सामान्य कोषिकालाई यस प्रकारका रिप्रोग्रामिङ कोशिकामा परिणत गर्ने काम पहिलोपटक सन् २००७ मा शिन्या यामानाकाले गरेका थिए । उनले सामान्य कोशिकालाई इन्ड्युस्ड स्टेम सेलमा बदलिदिएका थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP