Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
बलराम तिमिल्सिनाको कविता : गणतन्त्रको देब्रे किनारा ! – Sarangi News

गणतन्त्रको देब्रे किनारा ! – बलराम तिमिल्सिना
****************
गणतन्त्रको सरहदमा छन
विभिन्न क्षेत्रहरू
ती अलग अलग क्षेत्रमा बस्छन
अलग अलग हैसियतका
अलग अलग मनोविज्ञान
र, अलग अलग सोचाईका मानिसहरू ।

म पहिला दाहिने किनारको कुरा गर्छु
जहाँ बस्छन् यो सताव्दिकै प्राचीनतम दिमागहरू
तिनीहरूको रीतिरिवाज फरक छ
भाषा शैली फरक छ
भेषभुषा फरक छ
मुल्य मान्यताहरू फरक छन
ती अलिअलि दु:खी छन अचेल
तिनीहरूलाई सबै कुरा छ
तर एउटा कुरा छैन-
श्रीपेच लगाएको शासक
त्यसैले तिनीहरू
श्रीपेच लगाउने आऊ गणतन्त्र खाऊ भन्दै
धूप हालेर बसेका छन ।

त्यसपछि आउँछ मध्यवर्ती क्षेत्र
यो क्षेत्रको आवादी निकै ठूलो छ
गणतन्त्रको राजकाजमा
यही क्षेत्रको हालीमुहाली छ
यो क्षेत्रमा मिश्रित रुप रङ्गका मान्छेहरू बस्दछन्
केही दाहिने किनारका बासिन्दा जस्ता
केही देब्रे किनारका बासिन्दा जस्ता
भाषा शैली र भेषभुषा पनि मिसमास छ
यिनीहरू सन्तुष्ट छन
यिनीहरू भन्छन्-
अब हाम्रो ब्यबस्था आइसक्यो
अब अबस्था फेर्न पाए पुग्छ
त्यो अबस्था भनेको कस्तो हो
यिनीहरू खास बुझिने गरी भन्दैनन्।

अर्को एउटा क्षेत्र छ गणतन्त्रमा
देब्रे किनारा क्षेत्र
यसको आवादी
दाहिने किनारभन्दा धेरै
र मध्यवर्ती क्षेत्रभन्दा अलि कम छ
आवादीमा तल माथि भैरहन्छ
मध्यवर्ती क्षेत्रसँग जोडिएका
केही गाउँहरू वारे विवाद छ
ती कहिले देब्रे किनारा तिर
र कहिले मध्यवर्ती क्षेत्रतिर लाग्ने गर्छन
यो क्षेत्रका बासिन्दाहरूको लागि
गणतन्त्र भन्ने कुरा
नखाऊँ भने दिन भरीको शिकार
खाऊँ भने कान्छा बाऊको अनुहार भएको छ
यिनीहरू गणतन्त्रलाई बदल्न चाहन्छन
र अझ उन्नत गणतन्त्र ल्याउँन चाहन्छन
यहाँ पनि केही बहसहरू छन
कोही पहिले नौलो जनवाद अनि समाजवाद
र कोही एकै पटक समाजवादमा पुग्ने भन्छन ।

यो कविको बसोबास
गणतन्त्रको त्यही देब्रे किनारमा पर्छ
तपाईहरूलाई मेरो ठेगाना थाहा भयो नि हैन त ?

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP