Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
शुक्रबार , साउन २२, २०८३
प्रशंसनीय खोज विधिका अभियन्ता डा. लामिछानेको गीत सार्वजनिक (भिडियोसहित) – Sarangi News

पोखरा । प्रशंसनीय खोज विधिका अभियन्ता डा. रामचन्द्र लामिछानेको नयाँ गीत सार्वजनिक भएको छ ।

विगत २० वर्षदेखि प्रशंसनीय खोज विधि (एप्रिसियटिभ इन्क्वारी) को नियमित खोज, अनुसन्धान तथा तालिम सञ्चालन गर्दै आएका डा. रामचन्द्र लामिछानेको एप्रिसिएटिभ इन्क्वारी… बोलको गीत सार्वजानीक भएको छ ।

व्यक्ति तथा संस्थाहरूको सबल पक्षहरू तथा सफलताका कारणहरू खोजी नयाँ लक्ष्य निर्धारण गरेर जीवनको तथा संस्थाको नयाँ मार्ग चित्र बनाएर सोही मुताविक कार्य योजना बनाई कार्यान्वयन गरेरमा व्यक्तिको जीवन तथा संस्थामा आमूल सकारात्मक रुपान्तरण आउँछ भन्ने सन्देश गीतले दिएको छ । व्यक्ति वा संस्थामा रहेका सकारात्मक तत्त्वहरू तथा सफलताका कारणहरू तथा सफलतातर्फ उत्प्रेरणा गर्ने जीवदायी ऊर्जाहरू एवम् भविष्यका चाहनाहरूको पहिचान गरी भविष्यको मार्गचित्र निर्माण गरी ती मार्गचित्रलाई साकार पार्न आवश्यक पर्ने संरचना तथा कार्ययोजनाको तयार सोहीमुताविक जीवन वा संस्थालाई अगाडि बढाउने विधिलाई एप्रिसियटिभ इन्क्वारी भनिन्छ ।

सन १९८८ मा अमेरिकाको केसवेस्टर्न विश्वविद्यालयको वेदरहेड स्कुल अफ म्यानेजमेन्टमा प्रोफेसर डेभिड कुपरराइडरले यस विधिलाई प्रतिपादन गरेका थिए । डा. लामिछानेले सन् २००७ मा यसै विश्वविद्यालयबाट सर्टिफिकेशन कोर्ससमेत गरेका थिए भने विद्यावारिधिको क्रममा यस विधिको प्रयोगसमेत गरेका थिए । लामो समयदेखि योजना तर्जुमा, शान्ति निर्माणकर्ता, सञ्चार  तथा प्राकृति स्रोत साधन व्यवस्थापनका क्षेत्रमा योगदान दिँदै आएका डा. लामिछानेले आफूले तालिम, अनुसन्धान तथा योजना तर्जुमा प्रक्रियामा प्राप्त अनुभवहरूलाई सँगालेर यो गीत तयार गरेको बताउँदछन् । प्रशंसनीय खोजको नेपालका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशिक्षण दिँदै आएका लामिछानेले जीवन रुपान्तरण गर्न चाहने सबैका लागि यो गीत मार्गनिर्देशक हुने बताउँदछन् ।

एप्रिसिएटिभ इन्क्वाइरीको सञ्जाल संसारभरि नै भए पनि यस विषयको यो नै पहिलो गीत रहेको समेत डा. लामिछानेले जानकारी दिए । एप्रिसिएटिभ इन्क्वाइरीको प्रत्येक ३ वर्षमा विश्व सम्मेलन हुने गरेको छ । सन् २०१२ मा चिनको सियान शहरमा डा. लामिछानेले नै एप्रिसियटिभ इन्क्वाइरी भित्र्याएका थिए भने ततपश्चात चीनमा निरन्तरमा रूपमा लामिछानेका तालिमहरू सञ्चालन हुँदै आएका छन् ।

देशभित्र र बाहिर गरेर करिब ४०० भन्दा बढी कार्यशाला तथा तालिमहरू सञ्चालन गरेका लामिछानेले कामको सिलसिलामा नै यो गीत तयार भएकोले यस गीतले दर्शकलाई विषयवस्तु बुझ्न सहज हुने तर्क गर्दछन् । सङ्गीतकार नरहरि प्रेमीको सङ्गी रहेको यस गीतमा नरहरि प्रेमी र सुजीता राईको स्वर रहेको छ । यसअघि सकारात्मक उत्प्रेरणा जागाउने हामी सबैले सक्दछौँ र खुसी हुँदै फर्क न स्वदेशमा तथा सकारात्मक सोचेके बा भन्ने भोजपुरी गीत सार्वजनिक भइसकेका छन् । डा. लामिछानेका गीतहरू द इरिप्स (The ERIPS) नामक युट्युब च्यानलमा सुन्न सकिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP