म्याग्दीमा उत्साहपूर्वक मतदान,मतपेटिका संकलनलगत्तै मतगणना ? – Sarangi News

बेनी । दोस्रो प्रतिनिधिसभा र प्रदेशसभाको लागि देशै भरी मतदान सुरु भएको छ । म्याग्दीमा प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा २ सदस्य चुन्न आज बिहान ७ बजेदेखि  नै  उत्साहपूर्वक मतदान भएकाे छ । मतदान  बेलुका ५ बजेसम्म हुने छ ।

कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्वुजा (खम्बिर) मतदान गरेका छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका गर्बुजाले म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामको जनता मावि मतदान केन्द्रमा मतदान  केन्द्रबाट मतदान गरेका हुन्।

May be an image of 1 person, standing and outdoors

तस्विर : धनीलाल गर्बुजा

नेकपा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिकृष्ण श्रेष्ठले  सदरमुकाम बेनीकाे बेनी सामुदायिक मावि मतदान केन्द्रबाट मतदान गरेका छन्। सदरमुकाम बेनीमा बेनी सामुदायिक मावि र  बालमन्दिर केन्द्रमा विहानै देखि मतदान भैरहेकाे छ ।

आगामी पाँच वर्षका लागि संघ र सातै प्रदेशमा सरकार बनाउने जनादेश भएकाले निर्वाचनलाई प्रमुख दलहरूले प्रतिष्ठा बनाएका छन् ।  प्रतिनिधिसभा एक र प्रदेशसभा दुई  गरि तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२ मतदाता छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार छ सय ४८ मतदाता छन् ।

म्याग्दीमा ८६ हजार १ सय २० जना मतदाता कायम भएका छन भने तीमध्ये महिला ४४ हजार ६४, पुरुष ४२ हजार ५५ र अन्य १ जना रहेका छन् ।

 २२ मंसिरभित्र पूर्ण नतिजा , यसै महिना नयाँ सरकार 

यस चुनावमा ११ हजार पाँच सय ४३ उम्मेदवारले भाग लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले कम्तीमा ७० प्रतिशत मत खस्ने र ९९ प्रतिशत सदर हुने अपेक्षा गरेको छ ।  २२ मंसिरभित्र पूर्ण नतिजा दिने र यसै महिना नयाँ सरकार बन्ने आयोगको विश्वास लिएको छ ।

प्रमुख आयुक्त दिनेश थपलियाले निर्धक्कसँग मतदान गर्न आममतदातालाई अपिल गरेका छन् । निर्वाचनका लागि अन्तिम नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन् ।

No description available.

मतदाताले १० हजार आठ सय ९२ मतदानस्थल तथा २२ हजार दुई सय २७ मतदान केन्द्रमा गएर मतदान गर्नेछन् । आयोगले सय मतदानस्थल तथा तीन सय ९२ वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाएको छ । यी केन्द्रमा एक हजार आठ सय ८६ अपांगता भएका मतदाता छन् । चार हजार चार सय ७८ संवेदनशील र तीन हजार ६५ केन्द्र अति संवेदनशील रहेका छन् ।

आयोगले कार्यस्थलमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक र कैदी–बन्दीको मतदानका लागि एक सय ४१ अस्थायी मतदान केन्द्रको व्यवस्था गरेको छ । करिब चार लाख ५० हजार अस्थायी मतदाताले समानुपातिकतर्फ दललाई मतदान गर्न पाउनेछन् ।

मतदान केन्द्रको नेतृत्व नासुदेखि उपसचिवसम्मले गरेका छन् । एउटा मतदान केन्द्रमा कम्तीमा नौदेखि १२ जनासम्म कर्मचारी खटिएका छन् । एउटा मतदान केन्द्रमा कम्तीमा १० जना सुरक्षाकर्मी (प्रहरी र म्यादी) खटिएका छन् । सशस्त्र प्रहरी र सेना बाहिरी घेरामा ब्याक फोर्सका रूपमा रहेको छ । मतदान केन्द्रमा कुल दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP