Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
म्याग्दीमा उत्साहपूर्वक मतदान,मतपेटिका संकलनलगत्तै मतगणना ? – Sarangi News

बेनी । दोस्रो प्रतिनिधिसभा र प्रदेशसभाको लागि देशै भरी मतदान सुरु भएको छ । म्याग्दीमा प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा २ सदस्य चुन्न आज बिहान ७ बजेदेखि  नै  उत्साहपूर्वक मतदान भएकाे छ । मतदान  बेलुका ५ बजेसम्म हुने छ ।

कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्वुजा (खम्बिर) मतदान गरेका छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका गर्बुजाले म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामको जनता मावि मतदान केन्द्रमा मतदान  केन्द्रबाट मतदान गरेका हुन्।

May be an image of 1 person, standing and outdoors

तस्विर : धनीलाल गर्बुजा

नेकपा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार हरिकृष्ण श्रेष्ठले  सदरमुकाम बेनीकाे बेनी सामुदायिक मावि मतदान केन्द्रबाट मतदान गरेका छन्। सदरमुकाम बेनीमा बेनी सामुदायिक मावि र  बालमन्दिर केन्द्रमा विहानै देखि मतदान भैरहेकाे छ ।

आगामी पाँच वर्षका लागि संघ र सातै प्रदेशमा सरकार बनाउने जनादेश भएकाले निर्वाचनलाई प्रमुख दलहरूले प्रतिष्ठा बनाएका छन् ।  प्रतिनिधिसभा एक र प्रदेशसभा दुई  गरि तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२ मतदाता छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार छ सय ४८ मतदाता छन् ।

म्याग्दीमा ८६ हजार १ सय २० जना मतदाता कायम भएका छन भने तीमध्ये महिला ४४ हजार ६४, पुरुष ४२ हजार ५५ र अन्य १ जना रहेका छन् ।

 २२ मंसिरभित्र पूर्ण नतिजा , यसै महिना नयाँ सरकार 

यस चुनावमा ११ हजार पाँच सय ४३ उम्मेदवारले भाग लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले कम्तीमा ७० प्रतिशत मत खस्ने र ९९ प्रतिशत सदर हुने अपेक्षा गरेको छ ।  २२ मंसिरभित्र पूर्ण नतिजा दिने र यसै महिना नयाँ सरकार बन्ने आयोगको विश्वास लिएको छ ।

प्रमुख आयुक्त दिनेश थपलियाले निर्धक्कसँग मतदान गर्न आममतदातालाई अपिल गरेका छन् । निर्वाचनका लागि अन्तिम नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन् ।

No description available.

मतदाताले १० हजार आठ सय ९२ मतदानस्थल तथा २२ हजार दुई सय २७ मतदान केन्द्रमा गएर मतदान गर्नेछन् । आयोगले सय मतदानस्थल तथा तीन सय ९२ वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाएको छ । यी केन्द्रमा एक हजार आठ सय ८६ अपांगता भएका मतदाता छन् । चार हजार चार सय ७८ संवेदनशील र तीन हजार ६५ केन्द्र अति संवेदनशील रहेका छन् ।

आयोगले कार्यस्थलमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक र कैदी–बन्दीको मतदानका लागि एक सय ४१ अस्थायी मतदान केन्द्रको व्यवस्था गरेको छ । करिब चार लाख ५० हजार अस्थायी मतदाताले समानुपातिकतर्फ दललाई मतदान गर्न पाउनेछन् ।

मतदान केन्द्रको नेतृत्व नासुदेखि उपसचिवसम्मले गरेका छन् । एउटा मतदान केन्द्रमा कम्तीमा नौदेखि १२ जनासम्म कर्मचारी खटिएका छन् । एउटा मतदान केन्द्रमा कम्तीमा १० जना सुरक्षाकर्मी (प्रहरी र म्यादी) खटिएका छन् । सशस्त्र प्रहरी र सेना बाहिरी घेरामा ब्याक फोर्सका रूपमा रहेको छ । मतदान केन्द्रमा कुल दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP