Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
शनिबार , भाद्र २७, २०८३
श्रमिक बालबालिकाहरूका निम्ति परामर्श कार्यशाला – Sarangi News

पोखरा । चिल्ड्रेन नेपालको समन्वय/ व्यवस्थापन र चाइल्ड नेपाल काठमाडौँको सहयोगमा श्रमिक बालबालिकाहरूका निम्ति परामर्श कार्यशाला सम्पन्न भएको छ ।

 बालबालिकाले अनुभव गरेका बालबालिकाको श्रमका फाइदाहरू, चुनौतीहरू, जोखिमहरू र जटिलतालाई बुझ्न श्रमिक र गैरश्रमिक बालबालिकाहरूसँग परामर्श गर्ने उद्देश्यले कार्यशाला भएको थियो । कार्यक्रममा १५ जना फरक फरक काममा संलग्न बालबालिकाहरूको  सक्रिय सहभागिता रहेको थियो ।

कार्यशालामा बाल श्रम के ? किन ?, जीवनको एक दिन, शारीरिक नक्साङ्कन, बालबालिकाले गर्न सक्ने र नसक्ने कामको नक्साङ्न, बाल श्रम न्यूनीकरणमा सरोकारवालाको भूमिकालगायतका विषयमा सहजीकरण भएको थियो । बालबालिकाले रुचिअनुसार बाल श्रमको सम्बन्धमा उनीहरूलाई मन पर्ने र मन नपर्ने विषयलाई चित्रमार्फत प्रस्तुति गरेका थिए । आफूलाइ खुसी लाग्ने र दुःख लाग्ने क्षणको बारेमा पनि छलफल गरेका थिए । कार्यशालालाई चिल्ड्रेन नेपालका सहसंयोजक रमेश सुवेदी र सहायक संयोजक सुनिता तिमिल्सिनाले सहजीकरण गरेका थिए । कार्यशालाबाट आएका कुरामा सभ्य समाज स्थापनाका निम्ति ‘बालश्रम–मुक्त संसार’को परिकल्पना सुन्दा जति मधुर लाग्छ, व्यवहारमा त्यति नै जटिल र चुनौतीपूर्ण छ । सन् १९९० देखि चलिरहेको बालश्रम उन्मूलन अभियानको परिणामस्वरूप केही वर्षयता विश्वभर बालश्रम घट्दै गएको देखिएको छ तर, यो पर्याप्त छैन । यो अभियानलाई पूर्णता दिन सरोकारवाला सबै पक्षको निरन्तर प्रयास र पारस्परिक सहयोगको खाँचो छ । नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन २०७५, बालश्रम निषेध र नियमित गर्न बनेको ऐन र श्रम ऐनले तोकेभन्दा कम उमेरका बालबालिकाहरूलाई काममा लगाउनुलाई ‘बालश्रम’ मानेको छ यसको पुर्ण कार्यान्वयन हुनु जरुरी छ । सो भएमा मात्र बालबालिका श्रम न्यूनीकरणमा सहयोग पुग्ने छ । सबैले हातेमालो गरेर अभियानलाई सहयोग गर्नु बालबालिकाको हितमा हुने छ ।’ भन्ने निष्कर्ष निकालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP