श्रमिक बालबालिकाहरूका निम्ति परामर्श कार्यशाला – Sarangi News

पोखरा । चिल्ड्रेन नेपालको समन्वय/ व्यवस्थापन र चाइल्ड नेपाल काठमाडौँको सहयोगमा श्रमिक बालबालिकाहरूका निम्ति परामर्श कार्यशाला सम्पन्न भएको छ ।

 बालबालिकाले अनुभव गरेका बालबालिकाको श्रमका फाइदाहरू, चुनौतीहरू, जोखिमहरू र जटिलतालाई बुझ्न श्रमिक र गैरश्रमिक बालबालिकाहरूसँग परामर्श गर्ने उद्देश्यले कार्यशाला भएको थियो । कार्यक्रममा १५ जना फरक फरक काममा संलग्न बालबालिकाहरूको  सक्रिय सहभागिता रहेको थियो ।

कार्यशालामा बाल श्रम के ? किन ?, जीवनको एक दिन, शारीरिक नक्साङ्कन, बालबालिकाले गर्न सक्ने र नसक्ने कामको नक्साङ्न, बाल श्रम न्यूनीकरणमा सरोकारवालाको भूमिकालगायतका विषयमा सहजीकरण भएको थियो । बालबालिकाले रुचिअनुसार बाल श्रमको सम्बन्धमा उनीहरूलाई मन पर्ने र मन नपर्ने विषयलाई चित्रमार्फत प्रस्तुति गरेका थिए । आफूलाइ खुसी लाग्ने र दुःख लाग्ने क्षणको बारेमा पनि छलफल गरेका थिए । कार्यशालालाई चिल्ड्रेन नेपालका सहसंयोजक रमेश सुवेदी र सहायक संयोजक सुनिता तिमिल्सिनाले सहजीकरण गरेका थिए । कार्यशालाबाट आएका कुरामा सभ्य समाज स्थापनाका निम्ति ‘बालश्रम–मुक्त संसार’को परिकल्पना सुन्दा जति मधुर लाग्छ, व्यवहारमा त्यति नै जटिल र चुनौतीपूर्ण छ । सन् १९९० देखि चलिरहेको बालश्रम उन्मूलन अभियानको परिणामस्वरूप केही वर्षयता विश्वभर बालश्रम घट्दै गएको देखिएको छ तर, यो पर्याप्त छैन । यो अभियानलाई पूर्णता दिन सरोकारवाला सबै पक्षको निरन्तर प्रयास र पारस्परिक सहयोगको खाँचो छ । नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन २०७५, बालश्रम निषेध र नियमित गर्न बनेको ऐन र श्रम ऐनले तोकेभन्दा कम उमेरका बालबालिकाहरूलाई काममा लगाउनुलाई ‘बालश्रम’ मानेको छ यसको पुर्ण कार्यान्वयन हुनु जरुरी छ । सो भएमा मात्र बालबालिका श्रम न्यूनीकरणमा सहयोग पुग्ने छ । सबैले हातेमालो गरेर अभियानलाई सहयोग गर्नु बालबालिकाको हितमा हुने छ ।’ भन्ने निष्कर्ष निकालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP