‘आजसम्म लेखिएका पुस्तकहरूले धित मार्न सकेको छैन।’- प्रगति राई – Sarangi News

(लेखक तथा साहित्यकार प्रगति राईकाे नयाँ उपन्यास `थाङग्रा´ बजारमा आएकाे । उत्पीडित वर्ग, वंश अधिकार, अनमेल विवाह, युवा, महिला, प्रेम र कलाको सङ्गम मानिकएकाे ‘थाङ्ग्रा’ले औपन्यासिक क्षितिजमा नयाँ आयाम थपेकाे छ । श्रष्टा राईकाे ‘थाङ्ग्रा’  तेस्राे उपन्यास हाे ।  वैचारिकीलाई व्यवहारिक तरिकामा लेखिएको उन्यास मान्ने राईका  २०६२ सालमा बादी विज्ञप्ति कविता संग्रह, २०६९ सालमा लेखककी स्वास्नी उपन्यास र २०७४ मा बिर्सिएको मृत्यु प्रकाशित छन्। उनै श्रष्टा राईसँग प्रकाश अधिकारीले गरेकाे बुक च्याट अंशः – सम्पादक)

♠ पुस्तक प्रकाशन सङ्घर्ष अनुभुति सुनाउनु न ?

→♥संघर्ष छैन। पब्लिशरले अगाडि नै `हाम्रो लागि लेख्नू´ भनेर एड्भन्स दिन्छन् ।

♠  तपाईँको पुस्तकमा के छ? हामीले पढेर बुझ्नै पर्ने कुरा के हो ?

→♥मेरो किताब `थाङग्रा´ मा तीन कुरा छन्, एक- दलित र किरातको मिश्रण प्रेम छ। यो एउटा समतामूलक समाजको उदाहरण हो । दुई- दलित जात कति घृणित सोंच भएकाले बनाए, त्यसको चिनारी छ, समाजलाई त्यो भ्रमबाट निकाल्ने उपायको जुक्ती छ। तीन- छोरीले वंश विस्तारको अधिकार प्रयोग गर्दा समाजलाई हुने फाइदाको विषयमा विस्तृत बयान छ।

♠  तपाईँको लेखकीय गन्तव्य कहाँसम्म हो ?

→♥ मेरो लेखकीय गन्तव्य सायद मेरो चिहानसम्मै पुग्लाजस्तो छ। समाजमा कुनै कुरा स्थापित गराउनु पनि एउटा मान्छे जन्मिनु, जवान हुनु र वृद्द हुनुजतिकै समय लाग्ने रहेछ। छोरीले वंशको अधिकार नपाएकैले समाज अपाङ्ग छ। सवलाङ समाज हेरेर मात्र संसार छाड्ने रहर छ। मेरो रहर दोस्रो पुस्ताले उपभोग गर्न पाऊन् ।

♠  तपाईँको पुस्तकमाथि तपाईँकै टिप्पणी के हो ?

→♥ आफ्नो लागि आफै टिप्पणी गर्न थालियो भने त बार्हैमास समय पनि अपुग होला। यसकारण नभनी नहुने कुरा गर्दा चाहिँ, आजसम्म लेखिएका पुस्तकहरूले आफ्नै धित मार्न सकेको छैन।

♠  किताब पढेर पाठक रुन्छ, लेख्ने बेला लेखक पनि रुँदैरुँदै लेख्छ हो ?

→♥ लेखक रोएकै कुराले हो पाठकलाई पनि रुवाउने , लेखक हाँसैकै कुराले पाठक पनि हाँस्ने। यसकारण यो रुने हाँस्ने कुरामा नढाँटी भन्नुपर्दा लेखकले धेरै चोटि अभ्यास गरेको हुन्छ।

♠  किताबको पात्रले साँच्चै दुःख पाएको हुन्छ कि लेखकले अलि थपथाप पारेर लेख्छन् ?

→♥ उपन्यास भनेकै तीललाई भोगटे आकार बनाउने काम हो। स्याना- स्याना संवेदनाका नसालाई छोएर लेखिने विधा भएकाले, पात्रलाई निकै नै शक्तीशाली बनाउने काम हुन्छ। किन कि, मानिसका स्याना/नगण्य समस्या/सोंचहरूबाट नै ठूलाठूला निर्णयको विस्तार हुन्छ। नदिको पनि मुहान सिम हुन्छ नि, त्यस्तै हुन् पात्र निर्माण पनि।

♠  साहित्य के हाे ? 

→♥ साहित्य विचार/कलाको वर्षा हो। कसैले रहरको बिरुवा लागाएको छ भने उसलाई जीवन दिन्छ, वितृष्णाको बीउ राखेको छ भने उसलाई घृणा दिन्छ। साहित्य के हो भन्ने कुरा ग्रहणकर्तामा भर पर्छ।

♠  स्वमूल्यांकनमा तपाईं कस्तो लेखक ?

→♥ आफूलाई हेर्दा म ज्यादै जिद्दी लेखक हुँ। भोक, निद्रा, दु:ख, पीडा केहीले पनि मलाई लेख्नबाट रोक्न सक्दैन।

प्रस्तुति; प्रकाश अधिकारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

प्रथम वसन्त स्‍मृति कपको उपाधी करापुटार भेटरान्सलाई।

जिल्ला स्तरिय तेकवान्दो प्रतिष्पर्धा हिमाली बोर्डिङमा सम्पन्न।

बुद्ध आविमा पाहार ट्रसको स्थलगत अध्ययन, ८ कोठे अत्याधुनिक विद्यालय भवन बन्दै !

भोर्लेटारमा एक दिने स्वास्थ्य सिविर सम्पन्न।

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु।


TOP