Trend
गोरखाका विद्यार्थीलाई पोसाक  ||   शिवरात्री मेलाको लागी ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले ३८ उप समिती संयोजक चयन गर्‍यो।  ||   कुसुमाकर माविको ३५ औं वार्षिकोत्सव गण्डकी प्रदेश आर्थिक तथा मामिला मन्त्री टकराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न।  ||   र्‍यान्डममा रेणुकाको ‘तुइन जिन्दगी’ को परिचर्चा  ||   नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष, सातबुँदे घोषणापत्र जारी  ||   गुम्दै गएको शिक्षकको गरिमाः कसरी उकास्ने ?  ||   एनपीएल नालीबेली : कसले के अवार्ड पाए ?  कुन टोलीले कति रुपैयाँ पाउँछ ?  ||   शैक्षिक कल्याणकारी कोषद्वारा प्रअ, अध्यक्ष र विद्यार्थीलाई सम्मान  ||  
सोमबार , माघ ७, २०८१
यु्द्धसाहित्यको अर्को कृति लिएर आए विष्णु भण्डारी – Sarangi News

काठमाडौं । साहित्यकार विष्णु भण्डारीको कथा सङ्ग्रह ‘अरुन्धतीको मृत्यु’ मङ्गलवारदेखि बजारमा आएको छ ।

जनयुद्धकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ वटा कथा कृतिमा सङ्गृहीत छन् । भण्डारीले कथामार्फत् युद्धकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन् । उनका अनुसार यी कथा काल्पनिक र बनावटी यथार्थमाथि नभएर तत्कालीन समयका प्रतिनिधि घटना, प्रवृत्ति र विषयमाथि आधारित छन् । केही महिनाअघि मात्र उनको ‘नेपाली युद्धसाहित्य’ नामक गैरआख्यान प्रकाशित भएको थियो ।

नेपाली युद्धसाहित्यमाथि बहस गर्दै आएका भण्डारीले युद्धसाहित्य (War  Literature) मात्र नभएर युद्धपछिको साहित्य (Postwar Literature) मा पनि काम गर्दै आएका छन् । उनका अनुसार यसपछि आउने उनको कृतिमा युद्धमा संलग्न र युद्धबाट प्रभावित नागरिकले युद्धपछि भोगेका ट्रमा र युद्धपछिको मानवीय संवेदनालाई आधार बनाएर लेखिएका कथा रहने छन् ।

साहित्य पार्टीको घोषणापत्र हुन सक्दैन भन्ने धारणा राख्ने भण्डारीले अहिलेसम्म प्रकाशित सबैजसो कृतिमा राजनीतिक विषय र सामाजिक मुद्दालाई नै प्रमुखताका साथ उठाउँदै आएका पाइन्छन् । राजनीतिक विषय र मुद्दालाई विषयवस्तु बनाएर साहित्य लेखे पनि उनको लेखनमा असङ्गत राजनीति र भ्रष्ट राजनीतिज्ञमाथि तीव्र आक्रोश भेटिन्छ । समाजमा मौलाउँदै गएको मूल्यहीनताका साथै सामाजिक, सांस्कृतिक र राजनीतिक विकृति र विसङ्गतिको खरो आलोचना उनको लेखनको प्रमुख पक्ष हो । ‘अलगधार’ उनको लेखनको रोडम्याप हो ।

चालिसको दशकदेखि कविता विधामा कलम चलाउँदै आएका भण्डारी सत्तरीको दशकयता आख्यान र गैरआख्यान लेखनमा क्रियाशील छन् । अहिलेसम्म उनका कविता सङ्ग्रह, खण्डकाव्य, महाकाव्य, आख्यान र गैरआख्यान गरी १२ वटा कृति प्रकाशित छन् । ‘पहेँलो घाम’ र ‘सुनको पहाड’ उनका अत्यधिक रुचाइएका उपन्यास कृति हुन् ।

कथा सङ्ग्रह ‘भुँडीपुराण प्रकाशन’ ले बजारमा ल्याएको हो । सुन्दर कलेवरसहित १९२ पृष्ठ रहेको कृतिको मूल्य ३५० रुपियाँ राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपाल ईसाई एकता समाजले ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न।

मध्यनेपाल नगरपालिका रामबजारमा मुख स्वास्थ्य सेवा दन्त क्लिनिक शुरु।

मध्यनेपालमा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान कार्यक्रम सम्पन्न।

मध्यनेपाल दुईपिप्लेमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न।

शैक्षिक कल्याणकारी कोषद्वारा प्रअ, अध्यक्ष र विद्यार्थीलाई सम्मान

कालीगण्डकीमा आधारित सरकारी आयोजना र सर्वोच्चको त्रुटिपूर्ण फैसलाप्रति गम्भीर ध्यानाकर्षण


TOP