Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
शुक्रबार , भाद्र २६, २०८३
यु्द्धसाहित्यको अर्को कृति लिएर आए विष्णु भण्डारी – Sarangi News

काठमाडौं । साहित्यकार विष्णु भण्डारीको कथा सङ्ग्रह ‘अरुन्धतीको मृत्यु’ मङ्गलवारदेखि बजारमा आएको छ ।

जनयुद्धकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ वटा कथा कृतिमा सङ्गृहीत छन् । भण्डारीले कथामार्फत् युद्धकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन् । उनका अनुसार यी कथा काल्पनिक र बनावटी यथार्थमाथि नभएर तत्कालीन समयका प्रतिनिधि घटना, प्रवृत्ति र विषयमाथि आधारित छन् । केही महिनाअघि मात्र उनको ‘नेपाली युद्धसाहित्य’ नामक गैरआख्यान प्रकाशित भएको थियो ।

नेपाली युद्धसाहित्यमाथि बहस गर्दै आएका भण्डारीले युद्धसाहित्य (War  Literature) मात्र नभएर युद्धपछिको साहित्य (Postwar Literature) मा पनि काम गर्दै आएका छन् । उनका अनुसार यसपछि आउने उनको कृतिमा युद्धमा संलग्न र युद्धबाट प्रभावित नागरिकले युद्धपछि भोगेका ट्रमा र युद्धपछिको मानवीय संवेदनालाई आधार बनाएर लेखिएका कथा रहने छन् ।

साहित्य पार्टीको घोषणापत्र हुन सक्दैन भन्ने धारणा राख्ने भण्डारीले अहिलेसम्म प्रकाशित सबैजसो कृतिमा राजनीतिक विषय र सामाजिक मुद्दालाई नै प्रमुखताका साथ उठाउँदै आएका पाइन्छन् । राजनीतिक विषय र मुद्दालाई विषयवस्तु बनाएर साहित्य लेखे पनि उनको लेखनमा असङ्गत राजनीति र भ्रष्ट राजनीतिज्ञमाथि तीव्र आक्रोश भेटिन्छ । समाजमा मौलाउँदै गएको मूल्यहीनताका साथै सामाजिक, सांस्कृतिक र राजनीतिक विकृति र विसङ्गतिको खरो आलोचना उनको लेखनको प्रमुख पक्ष हो । ‘अलगधार’ उनको लेखनको रोडम्याप हो ।

चालिसको दशकदेखि कविता विधामा कलम चलाउँदै आएका भण्डारी सत्तरीको दशकयता आख्यान र गैरआख्यान लेखनमा क्रियाशील छन् । अहिलेसम्म उनका कविता सङ्ग्रह, खण्डकाव्य, महाकाव्य, आख्यान र गैरआख्यान गरी १२ वटा कृति प्रकाशित छन् । ‘पहेँलो घाम’ र ‘सुनको पहाड’ उनका अत्यधिक रुचाइएका उपन्यास कृति हुन् ।

कथा सङ्ग्रह ‘भुँडीपुराण प्रकाशन’ ले बजारमा ल्याएको हो । सुन्दर कलेवरसहित १९२ पृष्ठ रहेको कृतिको मूल्य ३५० रुपियाँ राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP