Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
शुभकामना ईशानेश्वर माविलाई ! (कविता) – Sarangi News

कविताः शुभकामना ईशानेश्वर माविलाई ! 

       –  जनकराज  पौडेल

आज अतीतका याद सीमा तोडेर आउँछन्

झोला बोकेर दौडेका वर्ष सात उदाउँछन्

नरेन्द्रबाबु  कक्षामा अनुपस्थित् भइदिँदा

पढ्थेँ एक्लै म कक्षामा जब कक्षा छ मा हुँदा

खेपी ढुङ्गा तथा काठ घर निर्माण भो ठूलो

अङ्ग प्रत्यङ्गमा  रम्थ्यो पुर्खाको पाउको धुलो ।

तीस बर्ष बिताएथेँ त्यहीँ  शिक्षक  भैकन

बिर्सूँ भन्छु झनै याद खेपी ल्याउँछ यो मन ।

निम्तो मलाई चाहिन्न स्वास्थ्यले असमर्थ छु

सबै मेरा सबै आफ्नै  यसैमा गर्व गर्दछु ।

साठीयौं जन्मको उत्सव भव्य बन्दैछ यो घरी

ईशानेश्वरले बालोस् ज्ञान दीप सधैँभरि ।


लमजुङ (हालः भरतपुर, चितवन)

(ईशानेश्वर माध्यमिक विद्यालय मध्यनेपाल नगरपालिका वडा नं‍. ६ भोर्लेटार, लमजुङको साठीऔँ वार्षिकोत्सवका अवसरमा पूर्व शिक्षकका नाताले  मिति २०८०/०९/२७ मा दिइएको कवितात्मक शुभकामना जसलाई उहाँका गुरुपुत्र, प्रिय शिष्य एवम् विद्यालयका शिक्षक रमेशचन्द्र घिमिरेले वाचन गर्नुभएको थियो ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP