Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
लघुकथा विमर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न – Sarangi News

पोखरा । पोखरामा लघुकथा विमर्श तथा अन्तरक्रिया शनिवार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको जर्ज जोन सभाकक्षमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

“लघुकथा र कथाका साम्यवैषम्य” शीर्षकको कार्यपत्र डा. भूमिराज बस्ताकोटीले तयार पारी प्रस्तुत गरेका थिए । साम्य तथा वैषम्य अन्तर्गत आयाम वा आकार, कथानकीय ढाँचा, लघुकथाको अन्त्य वा समापनका साथै सारवस्तुको प्रक्षेपण लगायतका विविध आधारमा रही तयार पारिएको उक्त कार्यपत्र लघुकथा लेखनका लागि मानक सावित  भएको उपस्थित श्रोता दर्शकहरूले प्रतिक्रिया दिएका थिए ।

 आख्यानको लघुतम विधा मानिने लघुकथाले युगसापेक्ष आफूलाई अगाडि बढाउँदै कथाको एक प्रभेदका रूपमा स्थापित गरेको कुरा कार्यपत्रमा बस्ताकोटीले उल्लेख गरेका थिए । गतिशील समयमा प्रतिभाशाली स्रष्टाहरूले मानक तोडेर विभिन्न विधा प्रविधाका अनेक रूपको सिर्जना गरेको विश्वसाहित्यको इतिहासमा लघुकथा लेखनको मानक सधैँ यस्तै रहिरहन्छ भन्ने हुँदैन तर आफूलाई अरूबाट अलग रूपमा स्थापित गर्न परिवर्तित रूपमा पनि त्यो अरूभन्दा भिन्न उभिनैपर्छ । त्यसले थप मानकहरू निर्धारण गर्दै पनि जान्छ भन्ने धारणा अवधारणापत्र प्रस्तोता डा. बस्ताकोटीको थियो ।

लघुकथा सुन्दर त हुँदै हो, त्यसलाई सुन्दर तरिकाले समापन गर्ने अर्को महत्त्वपूर्ण पाटो हो । विचार प्रधान वाक्यहरूको संयोजनमा समापनको सुन्दरताले लघुकथालाई थप जीवन्त बनाउँछ भन्ने टिप्पणी डा. लक्ष्मीशरण अधिकारीले व्यक्त गरे । साथै लेखक र समालोचकबिचको हिमचिमले पाठक मर्कामा परेको भन्दै अनावश्यक गुटले साहित्य क्षेत्रमा ह्रास आएको यथार्थ पनि उनले व्यक्त गरेका थिए ।

कम शब्दमा छरितो गरी पाठकको हृदयमा बास बस्नु लघुकथाको विशेषता हो । मिठो गरी पाठकलाई होमवर्क दिने शैलीले लघुकथालाई जीवन्त बनाउँछ । लघुकथा स्वादिला शब्दमा टक्क मिठास दिने खालका हुनुपर्नेमा जोड दिँदै टिप्पणीकर्ता डा. ईश्वरमणि अधिकारीले काव्यिक शैलीमा आफ्ना टिप्पणी र भनाइहरू राखेका थिए ।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको मन्तव्य राख्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले समयको रफ्तारसँगै लघुकथा सान्दर्भिक भएको जिकिर गरे । साहित्यिक राजधानी बिना पर्यटकीय राजधानीको अवधारणा गलत हुने धारणा व्यक्त गर्दै कुलपति बिखर्चीले आगामी दिनमा सहयोग र साथ रहने प्रतिबध्दता पनि जाहेर गरे ।

कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला र प्राज्ञ सरस्वती श्रेष्ठ सरूले शुभकामना मन्तव्य राखेका थिए भने श्रोता तथा दर्शकका तर्फबाट सुरज पौडेल, सुलोचना खनाल, अल्पविराम साथै पत्रकार बिमलले पनि आफ्ना जिज्ञासा राखेका थिए ।

लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष कल्याण पन्तले स्वागत मन्तव्य र सचिव अमृतले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP