सुरु गर्‍यो गणित समाजले अमेरिकी संस्थाको सहयोगमा प्रशिक्षक प्रशिक्षण – Sarangi News

पोखरा । नेपाल गणित समाजले निक सिमोन्स फाउण्डेशन, अमेरिकाको व्यवस्थापकीय सहकार्यमा सञ्चालन गर्दै आएको Society to Society (S2S) Project: Strengthening Mathematics Education in Nepal अन्तर्गत तेस्रो चरणको TOT आजदेखि सुरु भएको छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमानारायण श्रेष्ठले अनलाइन रूपमै तालिमको उद्‌घाटन गरे । महानिर्देशक श्रेष्ठले समाजले आफ्नो केन्द्रले गर्नुपर्ने कार्य सम्बन्धित विषयका विज्ञ र सरोकारवालाहरूले यसरी प्रभावकारी रूपमा सञ्चालन गरिरहेकोमा खुसी व्यक्त गर्दै आउँदा दिनमा अझ थप प्रभावकारीरूपमा अगाडि बढाउने वचनबद्धतासमेत जनाए ।

समाजका सभापति प्राडा नारायणप्रसाद पहारीको अध्यक्षतामा सम्पन्न उक्त उद्‌घाटन सत्रको सहजीकरण समाजकै सहसचिव डा. ईश्वरमणि अधिकारीले गरेका थिए । समाजका उपसभापति डा. श्रीराम खड्काले कार्यक्रमको औचित्य, अहिलेसम्म भए गरेका उपलब्धि तथा भावी कार्यदिशाबारे प्रकाश पारेका थिए । माध्यमिक तह (९-१२) को गणित विषयको अध्ययन अध्यापनमा देखिएका समस्याहरू सम्बोधन गरी गणितलाई सबैको लागि सरल/सहज र रुचिको विषय कसरी बनाउन सकिन्छ, यसलाई अझ बढी प्रिय र जीवनोपयोगी कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यलाई केन्द्रमा राखेर गणितमा प्रयोग हुने भाषा, प्रस्तुति, यसका क्षेत्र, अनुसन्धानका दायरा, शिक्षण विधि तथा प्राविधिक पक्षलगायतका थुप्रै विषयहरूका अतिरिक्त गणितको विद्यमान पाठ्यवस्तुमा रहेका समस्याहरूलाई न्युनीकरणका सम्बन्धमा सहजकर्ता डा. अधिकारीले सहजीकरण गरेका थिए ।

उक्त अभियानको कार्यशालामा ६५ जना सहभागी र ३२ भन्दा धेरै सहजकर्ता रहेका छन् ।  ११ दिनसम्म अनलाइन र अन्तिम ४ दिन फिजिकल रूपमा गरी १०१ घण्टा चल्ने यस कार्यशालाका कार्यक्रम तथा सत्रहरूका बारेमा समाजका सदस्य डा. फणिन्द्रप्रसाद भण्डारीले जानकारी दिएका थिए । कार्यक्रममा निक सिमोन्स इन्स्टिच्युटका पूर्व अध्यक्ष डा. अनिल श्रेष्ठले आफू संलग्न संस्थाको व्यवस्थापकीय सहयोगमा यति प्रभावकारी ढङ्गले कार्य सम्पन्न गरिरहेकोमा खुसी व्यक्त गर्दै कार्यशालाको प्रभाव कक्षा कोठादेखि समाजसम्म पुग्ने अपेक्षा राखे । प्राध्यापक सिमोन्सको योगदानको चर्चा गर्दै उनले यसका प्रारम्भिक दिनहरूको संस्मरण गरे । कार्यशालामा शुभकामना दिँदै गणित केन्द्रीय विभागका प्रमुख तथा समाजका पूर्वसभापति प्राडा चेतराज भट्टले गणितका विषयगत समस्याहरूमाथि प्रकाश पारेका थिए । यसको विस्तार, विकास तथा सुधारका लागि सबै आफैँ लाग्नुपर्ने उनको धारणा थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP