Trend
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान  ||   गोरखाका विद्यार्थीलाई पोसाक  ||   शिवरात्री मेलाको लागी ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले ३८ उप समिती संयोजक चयन गर्‍यो।  ||   कुसुमाकर माविको ३५ औं वार्षिकोत्सव गण्डकी प्रदेश आर्थिक तथा मामिला मन्त्री टकराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न।  ||   र्‍यान्डममा रेणुकाको ‘तुइन जिन्दगी’ को परिचर्चा  ||   नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष, सातबुँदे घोषणापत्र जारी  ||   गुम्दै गएको शिक्षकको गरिमाः कसरी उकास्ने ?  ||   एनपीएल नालीबेली : कसले के अवार्ड पाए ?  कुन टोलीले कति रुपैयाँ पाउँछ ?  ||  
बुधबार , माघ ९, २०८१
शिवरात्री मेलाको लागी ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले ३८ उप समिती संयोजक चयन गर्‍यो। – Sarangi News

लमजुङ। पश्चिम लमजुङको धरोहर श्री ईशाने श्वर महादेव मन्दिरमा शिवरात्री लक्षित ईशानेश्वर क्षेत्र बिकास समितिले ३८ उप समिती संयोजक हिजो माघ ५ गते बसेको भेलाले चयन गरेको छ। नव निर्वाचित कार्य समितिको अध्यक्ष गुणराज घिमिरेको अध्यक्षतामा नगर प्रमुख रमेश पाण्डेको प्रमुख आतिथ्यमा वडा नं ७ को वडा अध्यक्ष हिरा गुरुङको बिशेष आतिथ्यमा ईशानेश्वर माहादेव मन्दिर पेरिसरमा बसेको थियो।

ईशानेश्वर क्षेत्र बिकास समितिका अध्यक्ष मुल समारोह समितिका संयोजक रहने गरी, बसेर बत्ती बाल्नेमा लक्ष्मण बिक, उठेर बत्ती बाल्नेमा नवराज घिमिरे, अतिथी सत्कार राज्य लक्ष्मी सोती, मन्च तथा मण्डप व्यवस्थापन सुकदेव वास्तोला, सचिव तथा उद्घोषण देवेन्द्र सिंह घिमिरे, आर्थिक व्यवस्थापन सुर्यनाथ घिमिरे, दानपात्र व्यवस्थापनमा शिव विक, १०८ धारामा माधव अधिकारी, सुचना तथा संचारमा वलराम अधिकारी, नैवेध व्यवस्थापनमा कृष्ण प्रशाद अधिकारि, स्वयम सेवक एवम लाईन व्यवस्थापनमा सुक बहादुर बिक, ध्वजा पतका व्यवस्थापनमा कुसुमाकर माबी, खानेपानिमा सुर्य कुमार श्रेष्ठ, बजार तथा शान्ती सुरक्षामा वडा नं ७ को वडा अध्यक्ष हिरा गुरुङ, प्रमाण पत्र लेखनमा शशी राज घिमिरे, खानपान कुपन ब्यवस्थापनामा वासुदेव सुबेदी, पूजा व्यवस्थापनामा गोविउन्द प्रसाद सोती, सदावर्तमा चोलानाथ घिमिरे, विधुतमा केशवराज अधिकारी, धान्यपर्व मा भिमा बहादुर भुजेल, जलेश्वर मन्दिरमा गोविन्द न्यौपाने, रङरोगनमा रविचन्द्र घिमिरे, शौचालय ब्यवस्थापनामा रमेशवर न्यौपाने, गेट निर्माणमा बलराम घिमिरे, १०८ शिवलिङ तथा गौरी शंकर मन्दिरमा रुद्रनाथ घिमिरे, गणेश मन्दिर ईश्वेरी प्रसाद घिमिरे, ठाडो भाका व्यवस्थापनामा गणेश बहादुर गुरुङ, धुनी ब्यवस्थापनामा शिव दत्त जमरकट्टेल, पार्किङ ब्यवस्थापन तथा खेलकुद करापुटार क्लब, दान दाता सम्मान माधव प्रसाद घिमिरे, स्वास्थ्य सेवा ब्यवस्थापन चिसंखु स्वास्थ्य चौकी रेडक्रस उपशाखा ईशानेश्वर, बत्ती बुझाउने रामबाबु खनाल, भज ब्यवस्थापन हरि कृष्ण घिमिरे, मुल मन्दिर तथा दान पात्र संरक्षण कर्ण बहादुर केसी, पार्वता मन्दिर तथा दान पात्र संरक्षण बलराम घिमिरे(भाट बेसी) अनुगमन समिती संयोजक नगर स्तरित राजनऐतिक दलका प्रमुखहरु, र भन्डारा ब्यवस्थापन संयोजकमा पुष्प राज घिमिरे गरी ३८ उपसमितिका संयोजकहरु चयन् गरिएका छन। उक्त उपसमितिका संयोजकहरुले आवश्यकता अनुसारको सदस्यहरु चयन् गरिने समेत भेलाले बताएको थियो।

नगर प्रमुख पाण्डेले नव गठित कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना सहित शिवरात्री मेला सम्पन्न गर्नलाई नगरपालिकाले के कस्ता सहयोग गर्न पर्नेछ त्यो सबै जिम्मा लिने बताउनु भएको थियो। साथै हामीले राष्ट्रिय र अनतराष्ट्रिय रुपमा ख्याती प्राप्त धर्म गुरु मान्यजनहरुको उपस्थिती गराएर गराउन पाएमा राम्रो हुने कुरा भारतका प्रधान मन्त्री नरेन्द्र मोदिले मुक्तिनाथ दर्शन गरेर भारतीयहरुको मुक्तिनाथ दर्शनमा बढ्दो रुपमा देखिएको छ त्यस्तै तरिकाले हामीले यस ईशानेश्वर महादेव मन्दिरलाई पनि गर्न सकेमा अझै थप आकर्षण बढाउन सकिने बताएका थिए। साथै ईशानेश्वर बालुन समुहले गर्ने भनेको राष्ट्रिय भजन कृतन गर्न गराउन समितिलाई अनुरोध गर्नु भएको थियो। साथै समितिमा रहेका मात्रको यो मेला सम्पन्न गर्ने जिम्मा नरहेको सबै सर्वसाधारण हामीहरुको कर्तव्य रजिम्मेवारी रहेको बताए। बिशेष गरेर शान्ती सुरक्षा, पार्किङ र भिडभाडमा हुने चोरि डकैतलाई ख्याल गर्न सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउनु भएको थियो।

त्यस्तै गरेर वडा अध्यक्ष हिरा गुरुङले वडा नम्बर ७ को क्षेत्र भित्र परेको हुनाले सम्पूर्ण जिम्मेवारी मेरो काँधमा पर्ने हुनाले तर पनी म कत्ती पनि विचल्लित नभै दिनरात खटेर शिवरात्री मेला सफल बनाउ खट्ने बताउनु भएको थियो। गत बर्ष जस्तै शान्ती सुब्यवस्था सहित हुनेमा प्रहरी प्रशासन जिम्मेवार संघ सस्था र ब्यक्तिहरु प्रती आस्वसित रहेको बताउनु भएको थियो।

अन्त्यमा क्षेत्र बिकास समितिका अध्यक्ष घिमिरेले आज चयन भएका सम्पुर्ण उपसमितिका संयोजकहरुलाई सबै कुराहरु छलफलमा आएको बताउदै आफ्नो काम कर्तव्य र जिम्मेवारिलाई पुर्ण रुपमा वहन गर्न अनुरोध गर्दै आफुलाई आबश्यक अनुकुल सदस्यहरु छनौट गरेर अगाडि बढन मार्ग निर्देशन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपाल ईसाई एकता समाजले ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न।

मध्यनेपाल नगरपालिका रामबजारमा मुख स्वास्थ्य सेवा दन्त क्लिनिक शुरु।

मध्यनेपालमा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान कार्यक्रम सम्पन्न।

शैक्षिक कल्याणकारी कोषद्वारा प्रअ, अध्यक्ष र विद्यार्थीलाई सम्मान

शिवरात्री मेलाको लागी ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले ३८ उप समिती संयोजक चयन गर्‍यो।

कालीगण्डकीमा आधारित सरकारी आयोजना र सर्वोच्चको त्रुटिपूर्ण फैसलाप्रति गम्भीर ध्यानाकर्षण


TOP